Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलित महिला अधिकारमा राज्यको ध्यान जानु पर्ने

Published on 3:28:00 AM //


प्रेम सुनार
श्रावण १०, गुल्मी– आज गुल्मीको सदरमुकाम तम्घासमा आयोजित एक कार्याक्रमका सहाभागीहरुले दोहोरो तेहोरो उत्पीडन भोग्न बाध्य दलित महिलाहरुको अधिकार सुनिश्चीत गर्न र उनीहरुलाई शसक्तिकरण गर्नकालागि गाविस देखि राज्यको माथिल्लो निकायले समेत बिशेष कार्याक्रम ल्याउनु पर्नेमा जोड दिएका छन् ।
दलित शसक्तिकरण र समावेशीकालागि शाझा अभियान कार्यक्रम अन्तर्गत उतपीडित समुदाय उत्थान केन्द्र गुल्मीले आयोजना गरेको दलित महिला, पुरुष र राज्यको भुमिका विषयक जिल्ला स्तरिय दलित महिला संवाद कार्यक्रमका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन् । जिल्लाका विभिन्न महिला समुह, महिला अधिकारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रममा आयोजक समितिका अध्यक्ष गणेश विश्वकर्माले अन्तर्जातिय विवाह गर्ने दलित महिलाहरुले न्याय पाउन नसकेको र पुरुषबाट उत्पीडन कायमै रहेकोले त्यस तर्फ समाजको सबै सचेत वर्ग लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका जिल्ला सचिव धर्म विश्वकर्मा, नेपाल दलित संघका अध्यक्ष झविन्द्र सुनार, उत्पीडित समुदाय उत्थान केन्द्रका सचिव छविलाल विश्वकर्मा, मुक्ति समाजकी सदस्य कमला विश्वकर्मा लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमा दलित महिलाको अवस्था र न्याय र समानताकालागि गरिएका प्रयासबारे दलित महिला संघकी अध्यक्ष कमला बरालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने त्यसको सहजीकरण कार्यक्रम प्रमुख सिंगराज सुनारले गर्नु भएको थियो ।
उत्पीडित समुदाय उत्थान केन्द्रका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन त्यस कार्याक्रमका जिल्ला अभियानकर्ता कृष्ण नेपालीले गर्नु भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग