Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आजदेखी हेल्सिन्कीमा आखण्ड नेपाल कप २०१२ शुरु

Published on 4:06:00 AM //


फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा अखण्ड नेपाल कप-२०१२ अन्तर्गत फुटबल प्रतियोगिता आज देखी शुरु हुँदै छ । जागरुक नेपाली युवाहरुको समुह अखण्ड ग्रुप, फिन्ल्यान्डले आयोजना गर्न लागेको प्रतियोगितामा फिन्ल्यान्डमा रहेका नेपाली क्लबहरुले सहभागीता जनाउने छन । आज शुक्रबार देखी शुरु भई आगामी अगस्ट ३ तारिख सम्म चल्ने उक्त प्रतियोगितामा फिन्ल्यान्ड स्थित नेपाली क्लबहरु गाउँले, अल स्टार, फ्रेण्ड्स युनाईटेड, गुर्खा, हामी नेपाली र रिहिम्याकी गरी जम्मा ६ टिमले सहभागीता जनाउने गोल नेपाल डट कमले जनाएको छ ।
प्रतियोगिताका सम्पूर्ण खेलहरु हेल्सिन्कीको पुओतिला स्थित पुमा एरेनामा सन्चालन हुनेछन । अघिल्ला बर्षहरुमा निरन्तर फुटबल प्रतियोगिता आयोजना गर्दै आएको गैर आवासीय नेपाली संघ, फिन्ल्यान्डले एनआरएन रनिङ कपको तेस्रो सँस्करण यस बर्ष आयोजना नगर्ने भएपछी हिमाल के.सी, बिराट भण्डारी र कुमोद शर्मा सहितको युवा टोली प्रतियोगिता आयोजना गर्न कस्सिएका हुन ।
फ्रेण्ड्स युनाईटेड क्लब र अल स्टार क्लब बिच आज बेलुका पहिलो खेल हुँदैछ । त्यसैगरी पहिलो चरणको अन्य खेल भने गुर्खा र हामी नेपाली बिच भोली शनिबार र सोही दिन नै गाउँले र रिहिम्याकी फुटबल क्लब बिच हुनेछ । सोमबार सेमिफाइनल र आगामी अगस्ट ३ मा फाईनल खेल सम्पन्न हुने आयोजकहरुले जनाएका छन ।
सहभागी क्लब मध्य एक फ्रेण्ड्स युनाइटेड को फाईल तस्बिर 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग