Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको रेसुङ्गामा एक महिने मेला शुरु, आज बिशेष चहल पहल

Published on 8:41:00 PM //

अनिल खत्री गुल्मी जिल्लाको एतिहासिक तपोभुमी रेसुङ्गामा साउन भर लागेको मेला अन्तर्गत आज बिषेश मेला लागेको छ । साउनभर १ महिना सम्म लाग्ने मेला अन्तर्गत आज औसी परेकोले पनि बिषेश मेला लागेको हो । मेला भर्न गुल्मी जिल्लाका बिभिन्न ठाउँ लगायत पाल्पा, अर्घाखाची, प्यूठान, बाग्लुङ्ग लगायका ठाउँबाट श्रदालु भक्तजनको घुइचो लागेको छ ।
एतिहासिक तपोभुमी रेसुङ्गामारहेको पोखरीमा चार धामको जल मिसाएको र त्यहा गएर स्नान गरेपछि सम्पूर्ण पाप नष्ट हुने धार्मिक मान्यता रही आएको छ । तपोभुमी रेसुङ्गा क्षेत्रमा रहेको भ्यूटावरबाट बिभिन्न हिम श्रिङ्खला हर्न सकिन्छ । यस वर्ष रेसुङ्गा संमरक्षण समितीले टाढाबाट आउने श्रदालु भक्तजनको लागी सामान्य आवासको ब्यवस्था समेत मिलाएको छ । आज बिहानैबाट पानी परेकोले पनि श्रदालु भक्तजनहरुलाइ आवत जावतमा समस्या समेत परेको छ । यस वर्ष बाट गुल्मी याता र जिल्ला बिकास मिती गुल्मीको सहकार्यमा बिहान ७ बजे रेसुङ्गाको लागी जिप दैनिक सन्चालनमा छन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग