Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हेल्सिन्कीमा जारी अखण्ड नेपाल कप २०१२ मा अल स्टारको बिजयी सुरुवात

Published on 2:19:00 AM //

फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा शुक्रबार देखी शुरु भएको अखण्ड नेपाल कप २०१२ अन्तर्गत पहीलो खेलमा अल स्टार फुटबल क्लब बिजयी भएको छ । शुक्रबार बेलुकी झन्डै सवा ५ बजे देखी शुरु भएको खेलमा अल स्टारले फ्रेण्डस युनाइटेड माथि ५-४ को जित हात पारेको हो । खेलको पहिलो हाल्फमा फ्रेण्ड्स युनाईटेडका लागि अमृत मास्के र दिपेन हमालले र अल स्टारका लागि मनोज अर्याल र सोनाम शेर्पाले १-१ गोल गरेका थिए । २-२ गोलको बराबरीमा सकिएको पहिलो हाफ पश्चात कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टी शुट आउटमा पुगेको थियो । जितसँगै अल स्टारले सेमिफाइनलको लागि आफ्नो स्थान सुरक्षित गरेको छ । 
आजको खेलमा फ्रेण्ड्स युनाईटेडका क्याप्टेन बिनोद गुरुङ बेस्ट प्लेयर घोषित भएका थिए । पहिलो चरणका अन्य खेलहरु शनिबार गुर्खा फुटबल क्लब र हामी नेपाली फुटबल क्लब त्यसैगरी गाउँले र रिहिम्याकी फुटबल क्लब बिच हुँदैछ । "नेपाली एकताको लागि गोल" भन्ने सन्देशका साथ तीन जागरुक नेपाली युवाहरु हिमाल के.सी, कुमोद शर्मा र बिराट भण्डारी सहितको अखण्ड नेपाल समुहले आयोजना गरेको प्रतियोगितामा फिन्ल्यान्डभरका ६ नेपाली फुटबल क्लबहरुले भाग लिईरहेका छन ।   




भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग