Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जंगली च्याउ खाँदा गुल्मीमा एकै परिवारका तिन सहित पाँच बिरामी

Published on 3:36:00 AM //


घनश्याम गौतम
गुल्मी– जंगलबाट ल्याएको च्याउ खाँदा सदरमुकामसंगै जोडिएका अर्खले र दुविचौरका पाँच जना बिरामी परेका छन् ।
मंगलबार विहान च्याउ पकाएर खाएका अर्खले–५ भाडगाउँका बेलबहादुर परियार, उनकी श्रीमति पबित्रा परियार, छोरी कमला परियार र साँझ खाएका दुविचौर–३ की भविकला  घर्ति र सन्तमाया वि.क. बिरामी परेका हुन् । बिरामी पाँच मध्य चारको अवस्था गम्भिर छ । अर्खलेका बेलबहादुर परियार, उनकी श्रीमति पबित्रा र दुविचौरका भविकला र सन्तमायालाई बेहोस अवस्थामा अस्पतालमा ल्याइएको थियो । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि पाँचै जनालाई मिसन अस्पताल पाल्पा रिफर गरिएको छ ।
अत्यन्तै विपन्न परिवारका अर्खलेका तिन जना मध्ये दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला अस्पतालका सिनियर अहेव रमेश पन्थीले बताए । ‘बाबु आमा दुवै बेहोस अवस्थामा थिए’, पन्थीले भने, ‘छोरीको अवस्था भने सामान्य नै थियो ।’ छोरी कमलाका अनुसार विहान रेसुंगा जंगल गएका दिदी र भाईले च्याउ टिपेर ल्याएका थिए । ६ जनाको परिबार भएपनि च्याउ पकाएर खान ढिला भएकाले अन्य तिन भाई बैनी खाना नखाई स्कुल गएकाले उनीहरु बिरामी पर्नबाट जोखिएका थिए । बिरामी पर्ने बेलबहादुरको परिवार निकै बिपन्न भएकाले जिल्ला अस्पतालले दुई एम्बुलेन्स र प्रति व्यक्ति १ हजार रुपैंयाका दरले आर्थिक सहयोग गरेर थप उपचार को लागि पाल्पा पठाएको अहेव पन्थीले बताए । अस्पतालमा भर्ना हुन आएका दुविचौरका दुई पनि बेहोसै अवस्थामा आएका थिए । उनीहरुलाई पनि तत्कालै मिसन अस्पताल पाल्पा पठाईएको अस्पतालले जनाएको छ । मिसन अस्पतालले बिरामी पाँचै जनाको अवस्थामा केही सुधार आएको जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग