Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिदेशबाट फर्केका गुल्मेली महिलाहरु संगठित

Published on 9:38:00 PM //


रोजगारीका लागि विदेश गएर फर्केका महिलाहरु संगठित भएका छन् । सुरक्षित बैदेशिक रोजगारीका बारेमा सचेतना अभियान संञ्चालन गर्ने गरी महिलाहरुले पौरखी नेपाल गुल्मी शाखा गठन गरेका हुन् ।
मानव अधिकारका लागि जनमञ्च -पिपुल फोरम)ले बैदेशिक रोजगार सम्बन्धि सचेतना तालिमहरु संचालन गरेपछि महिलाहरु संगठित भएका छन् । विदेश गएर फर्केका महिलाहरुको भेलाले तम्घासकी कमला भलामीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेका छन् ।
पौरखी नेपालको उपाध्यक्षमा कमला खनाल, सचिव मुना गैरे, कोषाध्यक्ष जानकी श्रेष्ठ, सहसचिव उमाकुमारी अर्याल र सदस्यहरुमा शारदा विष्ट र मिना श्रीस रहेका छन् । रोजगारीका लागि विदेश गएर फर्केका पुरुषहरु पनि संस्थामा सदस्य बन्न पाउने भएपनि महिलाहरु बढी पीडित हुने गरेको र महिलालाई बढी समस्या पर्ने गरेकाले महिलाहरुलाई सचेतना गराउने उद्देश्यले महिलाहरु मात्र संगठित भएर अगाडी बढेका हुन् ।
संस्था गठनपछि घरेलु कामदारका रुपमा विदेश जाने महिलाहरुले भोग्नु परेका अनुभव, प्रकृया र रोजगारीको प्रकृति नबुझी विदेश जाँदा भोग्नु पर्ने समस्या र नेपालमा कानुनी प्रकृयाका बारेमा महिलाहरुलाई जनचेतना जगाउने गरी कार्यक्रम अगाडी बढाउने अध्यक्ष भलामीले बताईन । पिपुल फोरमले बैदेशिक रोजगारीमा जानेहरुको सुरक्षित रोजगारी, कानुनी प्रकृया, कामका शिलशिलामा विदेशमा मृत्यु भएमा त्यसको उद्धार, विदेश जानुभन्दा पहिला गर्नुपर्ने कार्य लगायतका विषयमा जनचेतना दिने गरी हुंगा र हर्दिनेटामा कार्यक्रम संचालन गर्दै आएको छ । जिल्लामा बैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्या ५ हजार भन्दा बढी छ । अधिकांश महिलाहरु घरेलु कामदारको रुपमा भारतको बाटो भएर जाने गरेका छन् ।  रोजगारीका लागि विदेश गएर फर्किएका ५ दर्जन भन्दा बढी महिलाहरु पिपुल फोरमको सर्म्पकमा आएको पिपुल फोरमकी जिल्ला संयोजक संञ्जिवनी अर्यालले बताईन । अर्यालका अनुसार फर्किएकाहरु पनि घरेलु कामदारको रुपमा गएर विभिन्न पीडा भोगेको र कागजी प्रकृया नपुगेकै कारण कुनै क्षतिपूर्ति बिना पीडा सहित स्वदेश र्फकन बाध्य हुने गरेका छन् ।

नयाँभावना दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग