Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विमानस्थल भारतीय कम्पनीलाई !

Published on 1:38:00 PM //

बाबुराम भट्टराई नेतृत्वको सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा भारतको ‘इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेज् लिमिटेड’ (आईएल एण्ड एफएस) कम्पनीलाई दिने तयारी थालेको छ । १४ जेठपछि आएको सरकारको निर्देशन अनुसार लगानी बोर्डले यस सम्बन्धी प्रक्रिया अगाडि बढाएको छ । ‘आईएल एण्ड एफएस’ले विमानस्थल सञ्चालनका लागि आशयपत्र (लेटर अफ इन्टेष्ट) सरकारलाई बुझइसकेको छ ।
 सरकारले संचालन भइरहेको आयोजना भएकोले खुल्ला प्रतिस्पर्धा गर्नु नपर्ने भन्दै आईएल एण्ड एफएस कम्पनीलाई दिन लागेको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले एशियाली विकास ब्याङ्कको अध्ययन बमोजिम विमानस्थलको संरक्षण, विस्तार, क्षमता प्रवद्र्धन र व्यवस्थापकीय सुधारका लागि निजी क्षेत्रलाई दिने तयारी भइरहेको बताए । बोर्डले संभावित लागत र लाभको मूल्याङ्कन गरिसकेको छ । बोर्डले उक्त काम कुन प्रक्रियाबाट वा कसरी निजी क्षेत्रलाई दिन उपयुक्त हुन्छ भनी लागत–लाभको अध्ययन गरिरहेको प्रमुख कार्यकारी अधिकृत पन्तले जानकारी दिए । विमानस्थल व्यवस्थापनको जिम्मा खुल्ला प्रतिस्पर्धाबाट कि आशयपत्रकै आधारमा दिने भन्ने टुंगो भने नलागिसकेको पन्तले बताए । भारतीय कम्पनीलाई दिन लागिएकोबारे पन्तले भने, “धेरै कम्पनीले चासो देखाएका छन्, त्यसमा आईएल एण्ड एफएस पनि छ ।” -१६–३१ असार २०६९ को हिमाल खबरपत्रिकाबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग