Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पेरिसडाँडा कब्जा गर्ने गजुरेलको चेतावनी

Published on 9:29:00 PM //


काठमाडौ, असार १८ - नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले केन्द्रीय कार्यालय पेरिसडाँडा लगायत देशभरका जिल्ला कार्यालयमा आफूहरुको समेत स्वामित्व रहेकाले त्यसै नछाड्ने बताएका छन् ।

‘पेरिस डाँडाको सम्पत्ति समेत बाँडफाँड हुनुपर्छ,’उनले सोमबार राजधानीमा आयोजित साक्षात्कारमा भने,‘सहमतिमा नआए हामी कब्जा गर्छौं ।’चितवन घटनामा मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायण दाहाल र एमाओवादीका अर्का नेता चित्रबहादुर श्रेष्ठको प्रत्यक्ष निर्देशनमा गोली चलाइएको आरोप उनले लगाए ।

विचारको संघर्षमा कमजोर सावित भएपछि भौतिक आक्रमणमा उत्रिएको उनको आरोप छ । ‘हामीहरुसँग हतियार छैन, सशक्त विचार छ, ’उनले भने,‘लडाकुको सुप्रिम कमाण्डर, डेपुटी कमाण्डरका अलावा कमाण्डरहरु मात्र नभएर सेना, प्रहरी प्रशासन सबै प्रचण्डसँग छ भने हतियार कसरी हामीसँग हुन्छ ?’ सबै हतियार प्रचण्डसँग भएको आरोप लगाउँदै हतियार हुनेहरुबाटै चितवन गोली काण्ड मच्चाइएको भन्दै प्रचण्डको हात रहेको आरोप लगाए ।

नेकपा–माओवादीको विदेश नीति भारत र चीनसँग समानताका आधारमा अघि बढ्ने रहेको स्पष्ट पारे । गजुरेलले प्रधानमन्त्री बाबुराम भट्टराईलाई सडकबाटै बर्खास्त गर्न संयुक्त मोर्चाबन्दी बनाएर आन्दोलनमा जानुको विकल्प नभएको उनले बताए ।  रिपोर्टर्स क्लब सरकार ढाल्न काङ्ग्रेस, एमालेलगायतको दलले सुरु गरेको आन्दोलनमा सहभागिताहुने खुलासा गरे ।

‘बाबुरामले सितिमिति राजीनामा दिँदैनन्,’उनले भने, ‘घेराबन्दीमापारेर जनबलबाटै बर्खास्त गर्न सशक्तआन्दोलनको आवश्यकता छ ।’प्रधानमन्त्रीलाई पदबाट हटाउन बालुवाटारभित्रै निरन्तर घेराबन्दीमा राख्नुपर्ने उनको जोड थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग