Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा क्याम्पसले महायज्ञ गर्ने

Published on 11:02:00 PM //


प्रेम सुनार
श्रावण १३, गुल्मी
स्नाकोत्तर पढाई सञ्चालनका लागी रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीले कार्तिक १५ गते देखि २२ गते सम्म श्रीमद भागवत महायज्ञ सञ्चालन गर्ने भएको छ । स्नाकोत्तर तहको पढाई सञ्चालनका लागी आर्थिक स्रोत जुटाउन महायज्ञ गर्ने प्रस्ताव अगाडी सारिएको तम्घासमा आयोजित सर्वपक्षिय छलफल कार्यक्रमबाट निर्णय गरिएको क्याम्पस प्रमुख चन्द्रकान्त पन्थीले बताउनु भयो । स्वस्थ्यको कारण दर्शाउँदै क्याम्पस संचालक समितिका अध्यक्ष नन्दराम भुसालले महायज्ञ मुल समारोह समितिमा बस्न नसक्ने बताएपछि उपाध्यक्ष कृष्णप्रसाद भण्डारीलाई उहाँले प्रस्ताव गर्नु भएको थियो । भण्डारीले फेरी कार्यव्यस्तताको समस्या दर्शाए पछि संचालक समितिका पूर्व उपाध्यक्ष सुरेशचन्द्र भुसालको संयोजकत्वमा मुल समारोह समिति गठन हुने भएको छ ।
आगामी साउन १५ गते वस्ने संचालक समिति र क्याम्पस प्रशासन विचको बैठकले समितिलाई पूर्णता दिने संयोजक भुसाले बताउनु भयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, एकिकृत नेकपा माओवादी राज्य समिति सदस्य बुद्धि जिसी, नेपाली कांग्रेसका सचिव विष्णु बलाल, नेकपा एमालेका अध्यक्ष बोमबहादुर खडका, राष्ट्रिय जनमोर्चाका अध्यक्ष जिवन राना, क्याम्पस संचालक समितिका सदस्य शेरबहादुर थापा लगायतले मन्तव्य राखेका थिए । क्याम्पस संचालक समितिका अध्यक्ष नन्दराम भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख चन्द्रकान्त पन्थीको स्वागत मन्तव्य र वरिष्ठ सहायक क्याम्पस प्रमुख रमाकान्त पौडेलको संचालन रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग