Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाल्पाको जोर्तेमा जिप दुर्घटना १५ को मृत्यु (भिडियो सहित)

Published on 11:09:00 PM //


प्रेम सुनार
तस्बिर: रुरु नेटवर्क
१३ साउन, काठमाण्डौ । भारतको दिल्लीबाट गुल्मीको थानपती तर्फ जाँदै गरेका नेपालीहरु चढेको भारतीय नम्बरप्लेटको जीप पाल्पाको जोर्तेमा गएराती दुर्घटना हुँदा एकै परिवारका १३ सहित जम्मा १४ जनाको ज्यान गएको छ । बि आर १ वाई, ए ४६७८ नम्बरको भारतीय जिप जोर्तेको घुम्तीबाट करिव १४७ मिटर तल खसेको अबस्थामा बिहान फेला परेको थियो । १४ जनाको घटनास्थलमै ज्यान गएको पाल्पाकी प्रहरी नायव उपरिक्षक मिरा चौधरीले जानकारी दिनु भयो । गुल्मी गाविस वडा नम्बर ५ स्थायी घर भई हाल भारतमा बस्दै आएका धनबहादुर रानाको परिवार तथा आफन्तको दुर्घटनामा मृत्यु भएको हो । मृत्यु हुनेमा गाडी चालक भारतिय नागरिक अशोककुमार तिवारी र राना परिवारका गंगा, काबेरी, तृष्णा, भावना, चार्ली, नर बहादुर, सोनु, खगिसरा र रिता रहेका छन । दुर्घटनामा परी गम्भिर घाइते दुई जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको  छ । मृत्यु हनेमा ९ महिला, ३ पुरुष र ३ बालबालिका छन् । 
सुरुमा भारतीय नम्बर प्लेटको जीप भएका कारण भारतीय तीर्थयात्री भएको अनुमान गरिए पनि उनीहरु भारतबाट घर फर्किएका नेपालीहरु रहेको बताइएको छ । लामोसमयदेखि भारतमा रहँदै आएका उनीहरु रिडीमा आफन्तको अस्तु सेलाउन आएको बताइएको छ । चालक बाहेक मृत्यु हुनेहरु सवै गुल्मीको थानपति गाविसका रहेको बताइएको छ ।
दुर्घटना राती करिब १२ बजे तिर भए पनी बिहान उज्यालो भएपछि मात्र जीप दुर्घटना भएको स्थानीय वासिन्दाले देखेका थिए । भीरबाट १४७ फिट तल गाडी खसेको र तत्काल उद्धार पाउन नसक्दा पानीमा डुबेर यसरी बढि मानिसहरुको मृत्यु हुन गएको बताइएको छ । दुर्घटनामा गम्भिर घाइते थानपतिका राना आफ्नो बुवाको क्रिया गर्न भनि वर्षौपछि स–परिवार सहित भारतको लक्ष्मीपुरबाट आइरहेका थिए । लामो समय भारत बसेका कारण स्थानीय व्यक्तिहरुले समेत चिन्न नसकेका कारण सबको पहिचान र सनाखत हुन ढिलाई भएको चौधरीले बताउनुभयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग