Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी मालपोतमा लक्ष्य भन्दा झण्डै ५५ लाख राजस्व वृद्धि

Published on 3:30:00 AM //


प्रेम सुनार
श्रावण १०, गुल्मी– जिल्ला मालपोत कार्यालय गुल्मीले आर्थिक वर्ष २०६८/०६९ कुल १ करोड ६४ लाख ६८ हजार १ सय २६ रुपैयाँ राजस्व अशुल गरेको छ ,जुन लक्ष्य भन्दा झण्डै ५५ लाख बढी हो

१ करोड ६४ लाख घर जग्गा रजिस्टेशन दशतुरबाट अशुल गर्ने लक्ष्य रहेकोमा उक्त राजस्व रकम संकलन भई ५४ लाख ६१ हजार थप राजस्व संकलन भएको मालपोत कार्यालय प्रमुख रामचन्द्र अर्यालले जानकारी दिनु भयो । सो कार्यालयले १ करोड २५ लाख १८ हजार १३ रुपैया अशुल गर्ने लक्ष लिएकोमा उक्त रकम बढेको हो ।
गत आर्थीक वर्षमा नामसारी ७ सय ४७ जना शंसोधन १ सय १० जना, दा.खा ९६ जना र हकसफा ६ थान मिसिलहरु फर्छेयौट गरिएको सो कार्यालयका नायव सुब्बा गोर्कण मरासिनीले बताउनु भयो ।
गत आर्थीक वर्षमा १ हजार ३ सय ४२ जना जग्गा धनी महिला थप भएका छन् । त्यस्तै ४ सय ९२ जना दलित लाई क्रमश २५ र ३० प्रतिशतका दरले रजिस्टेशन दसतुर छुटबाट ३२ लाख ७३ हजार रकम छुट गरिएको कार्यालयले जनाएको छ । गत वर्ष कुल ५ हजार १ सय ७ थान जग्गा रजिस्टेशन सहित उक्त राजस्व संकलन भएको मालपोत प्रमुख अर्यालले बताउनु भयो ।



भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग