प्रहरीले फोटो प्रर्दशनीको समय थप्यो, सर्वसाधारणको भिड अझै उस्तै
Published on
10:15:00 AM //
यो पनि पढौँ: यस्तो रह्यो गुल्मी प्रहरिले आयोजना गरेको फोटो प्रदर्शनी (भिडियो)
पि.एम.मगर
गुल्मी, २६ असार । दिन प्रतिदिन अवलोकनकर्ताहरुको सँख्यामा वृद्धि हुँदै गएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले सदरमुकाम तमघासमा गत एक हप्तादेखि शुरु गरेको फोटो प्रर्दशनीको समय पाँच दिन थप गरेको छ । आज भन्दा भोली अवलोकनकर्ताहरुको सहभागीता उल्लेख्य मात्रामा वढ्दै गएको र धेरै अवलोकनकर्ताहरुले प्रर्दशनीको समय थप गर्न सुझाव दिएपछि प्रदर्शनीलाई आजदेखि थप पाँच दिनसम्म समय लम्वाईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभएको छ ।

सदरमुकाम तम्घास स्थित कर्मचारी मिलन केन्द्रमा आजदेखि एक सातासम्मका लागि राखिएको उक्त फोटो प्रर्दशनीमा प्रहरी र जनतासँगको छलफल, दुर्घटनाले पुराएको क्षती, दुर्घटना न्यूनीकरण, ट्राफिक नियम उलंघन, आत्महत्या, विभिन्न घटनामा संलग्न अपराधि र तिनीहरुले गरेका गतिविधिहरु र मावनीय उद्धार जस्ता विभिन्न विषय झल्किने तस्विरहरु समावेश छन् । प्रदर्शनी हेर्न दिनप्रतिदिन सर्वसाधारणहरुको समेत घुईचो लागेको छ ।