Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"दुई चार दिन पोईला गाको पनि त्यत्रो डाह ?"

Published on 4:01:00 AM //


पोइला गएको दश महिना पछि फेरी पुरानै श्रीमानको घरमा फिर्ता

प्रेम सुनार
साउन ७ , गुल्मी
गुल्मी हस्तीचौरकी एक महिला अर्कैसंग पोईला गाको दश महिना पछि फेरी उनै पुराना श्रीमानसंग फर्केर आईन । उनि फर्केर आएपछि गाउँघरका महिलाहरुले उनलाई गिज्याउन थाले । रिसले चुर भएकी ति महिलाले प्याच्च भनिन “बिना स्वादैको अरु सधैका लागि पोईला जान्छन र त केही हुन्न, म जाबो दुई चार दिन पोईला गाको पनि त्यत्रो डाहा”, उनी थिईन हस्तीचौर गा.वि.स ४, उजुङ्ग निवासी ३१ बर्षिया लक्ष्मी खत्री । उनका श्रीमान सन्तोष खत्री २ वर्ष यता कतारमा छन ।
कहिल्लै चिन्नु न जान्नुको मान्छे कैलालीका टिकाराम सापकोटाको फोन रिसिभ गरेकी उनी श्रीमान विदेश यता नेपालमा नयाँ प्रेमीसंग फोनमा रमाउन थालिन । ४ महिनासंम्म फोन लभ चले पछि कैलालीबाट सापकोटा सदरमुकाम तम्घासमा भेट्न आए । घरमा रहेका सासु र ति नावालक छोराछोरीहरुलाई चिना हेराउने बाहाना बनाएर सदरमुकाम आएकी लक्ष्मी, सापकोटासंग दिलको चिना हेराउन पुगिछन ।  "सापकोटाले शरिर मुसारेको मात्रै थाहा छ, त्यस पछि बेहोस भएँ, मलाई केही थाहा छैन ।", लक्ष्मीले भनिन, "श्रीमान छोराछोरी सबै भुलेँ र म उनैसंग कैलाली गए ।" सापकोटाले आफूलाई मोहनी लगाएर लगेको लक्ष्मीको दाबी छ ।
"एउटो कोशो केरा खान दिएका थिए, रिडि पुगे पछि मात्रै होसमा आएँ", लक्ष्मीले भनिन, "म के गरुँ मोहनी लागे पछि उनलाई एक छिन छाड्न मन लागेन संगै गएँ ।" “फोनमा आर्मिको लाहुरे बताएका र श्रीमती पोईला गएको भनेका थिए", उनले थपिन, "घरमा पुग्दा त के को लाहुरे हुन्थे, काज न कामको पकलन्ठु रहेछन र उनको त्यस्तै ब्यवहारबाट आजित उनकी श्रीमती विदेश गएकी रहिछन जसले गर्दा घरमा छोराछोरीको बिचल्ली रहेछ ।"
"१ महिनासम्म त उनि सँगै बसेँ त्यसपछि कतारमा रहेका श्रीमानसँग फोन सम्पर्क भयो । उहाँसंग मोहनी लगायो र आएकी हुँ, तपाईलाई छोड्ने मन छैन भनेँ । उहाँले पनि मेरो र छोराछोरीको बिचल्ली नपार भन्नु भयो र काठमाण्डौँ बस्न आउन भन्नु भयो । ७-८ महिना काठमाण्डौमा पोते बुनेर बसें उहाँले घर जाउ भनेर पैसा समेत पठाईदिनु भयो र फर्केकी हुँ ।”, फर्केर गुल्मी पुगेकी लक्ष्मीले बताईन ।
यता छिमेकी एवं परिवारजनले भने उनलाई र उनका श्रीमान सन्तोषलाई बहिष्कार गर्ने बताएका छन । “महिलालाई अधिकार धेरै भयो, अब त २० ठाउँ पोईला गए पनि फर्केर आउन पाईने भयो । यो कदापी हामी स्वीकार गर्दैनौँ" सन्तोषकी दिदी बिमलाले भनिन, "भाईले स्वीकार गरे गरोस तर हामीले भित्राउँदैनौ ।” उता कतारमा रहेका सन्तोषसंग सम्पर्क गर्दा उनले भने, "समाजले स्वीकार नगरे पनि मैले स्वीकार गरिसकेँ, सामाजबाट बहिष्कार हुन परे पनि वा जेलनेल जे बेहोर्न परे पनि तयार छु ।"
त्यसरी घात गर्दा पनि तपाईँको चित्त दुखेन भन्ने गुल्मीन्युज डट कमको प्रश्नमा सन्तोषले भनेँ, "के गरुँ दुखेर पनि बालबच्चाको बिचल्ली हुन्छ ।" उनको यो कुरा सुने पछि जिल्ला स्थित महिला अधिकारकर्मी एवं प्रहरीहरु चकित परेर सन्तोष नआउँदा सम्मको लागी लक्ष्मीलाई माईतीको जिम्मा लगाएर पठाएका छन । त्यसो त केही बर्ष अघि त्यसरी नै सौता माथी पोईला गएकी गुल्मीकै अर्की एक महिला पनि जाँदाकै दिन सौताले लुछेपछि अर्को दिन पुरानै श्रीमान कहाँ फर्केर आउँदा अरुले गिज्याएपछि “अरु सधैका लागि पोईला जान्छन र त केही हुन्न म जाबो एक रात पोईला गा'को पनि त्यत्रो डाहा” भन्दै गिज्याउनेहरुलाई हरि किच्चै पारेकी थिईन । वर्षौँ पछि त्यसै घटनाको झल्को दिएकी छन हस्तीचौरकी लक्ष्मी खत्रीले पनि ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग