Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अमिताभ बच्चनको घरमा चोर पस्यो, नगद चोरेर भाग्दै गर्दा पक्राउ

Published on 12:15:00 AM //


अमिताभ बच्चनको घरमा चोर पसे पनि केही चोर्न नपाई प्रहरीको फन्दामा परेका छन्। अमिताभ पुत्र अभिषेक बच्चनले आज ट्विट गर्दै आफूहरुको घरमा शुक्रबार चोर पसेको पुष्टि गरेका हुन्। उनले ट्विटमा लेखेका छन्- 'हो, मेरो घरमा शुक्रबार चोर समातिएका हुन्। घरभित्र पसेर केही पैसा चोरेको थियो।'

'कसैलाई केही भएको छैन', उनले ट्विटमा भनेका छन्- चोरले बुबालाई भेट्न इच्छुक फ्यान भएको बताएको थियो। तर हामीलाई विश्वास गर्न गाह्रो भयो। फ्यान अर्काको घर फोरेर पस्दैन र पैसा चोर्दैन।

अभिषेकले ती व्यक्ति अहिले प्रहरी हिरासतमा रहेको र प्रहरीले यसबारे अनुसन्धान गरिरहेको बताएका छन्।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग