Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा आदिवासी दिवस मनाईयो

Published on 11:17:00 AM //

प्रेम सुनार
गुल्मी, साउन २ । आदिवासी जनजाति महासंघ गुल्मीले बिहीवार सदरमुकाम तमघासमा १८ औं विश्व आदिवासी जनजाति दिवस मनाएको छ । “आदिवासी जनजातिहरुको अभियान जातिय पहिचान सहितको संघिय संविधान” भन्ने मुल नाराका साथ मनाईएको कार्यक्रममा संघका जिल्ला अध्यक्ष वालसिंह काउछाले गत जेठ १४ गते मध्य रातमा संविधान सभाको विघटनले नेपाली जनताको भावनामा चोट पुगेको वताउनु भयो ।
नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष समेत रहनु भएका काउछाले कार्यपत्र प्रस्तुत गर्दै भन्नु भयो संविधान सभाको विघठनले अझ सदियौंदेखि उत्पिडमा परेका आदिवासी जातिहरुलाई थप पिडामा पारिएको छ । सरकार, राजनैतिक दल र तिनका नेताहरुले संविधान वनाउलका लागि जनजातिहरु बाधक हुन भनेर लगाईको आरोपले सम्पुर्ण जनजाति मर्माहित समेत हुन परेको बताउनु भयो । कार्यक्रममा एकिकृत नेकपा माओवादीका बुद्धि जि.सी र नेकपा–माओवादीका जिल्ला अध्यक्ष विरबहादुर कार्की लगायतले जातिय राज्यको पक्षमा वकालत गरिरहेका थिए भने नेपाली काँग्रेसका सचिव विष्णु वलाल, नेकपा एमालेका कार्यालय सचिव जंग नेपाली लगायतले भने जातिय पहिचानले मात्र जातिय मुक्ती नहुने भन्दै वर्गिय मुक्तीको वकालत गरिरहेका थिए ।

कार्यक्रममा विभिन्न राजनैकि दल, प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, प्रहरी नायव उपरिक्षक राजकुमार वैदवार, जिल्ला अनुसन्धान अधिकृत विमल डंगोल लगायतका सरकारी कर्मचारी, नेपाल मगर संघका जिल्ला अध्यक्ष श्रीप्रसाद भलामी, लगायत विभिन्न संगठनका जनजाती नेताहरु र पत्रकारहरुको तर्फबाट पत्रकार महासंघका अध्यक्ष घनाश्याम गौतमले शुभकामना मनतव्य दिनु भएको थियो । दिवसको अवसरमा गुरुङ्ग र मगर चेलीहरु आफ्नो परम्परागत भेषमा सजिएर परम्परागत परिकार समेतको व्यवस्था गरेका थिए । आदिवासी महासंघका अध्यक्ष वालसिंह काउछाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हिरासिंह सारङ्गकोटीको स्वागत मन्तव्य र सह–सचिव कमला पुनको संचालन रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग