Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोमा परिवारका चार जना गुमाएका पीडितलाई राहत वितरण

Published on 9:06:00 AM //


जनार्दन घिमिरे
गुल्मी, २४ साउन । गुल्मीको ठूलोलुम्पेक गाविसमा गत शुक्रवार पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई आज जिल्ला प्रशासन कार्यालय गुल्मीले राहत वितरण गरेको छ । वाढी पहिरोमा परि मृत्यु भएका व्यक्तिहरुको हकमा प्रति व्यक्ति रु ४० हजार रुपैंया र घरको क्षती भएर विस्थापित वनेर अन्यत्र वस्नु परेको हकमा रु २० हजार गरि प्रशासन कार्यालयले रु १ लाख ८० हजार रुपैंयाँ आज गावस सचिव टेकराज श्रेष्ठ मार्फत मृतकको परिवार घनश्याम विश्वकर्मालाई उक्त रकम हस्तान्तरण गरेको हो ।
वर्षायामको समय भएको कारण पीडित परिवारलाई सदरमुकामसम्म आवत जावत गर्न समस्या झेल्न नपरोस् भन्ने उद्देश्यले सम्वन्धित ठाउँमा नै पुगेर उक्त रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले जानकारी दिएका छन् । गत शुक्रवार ठूलोलुम्पेक गाविस २ स्थित ढुंगेचाल्ने भन्ने स्थानमा अचानक घरमाथिवाट खसेको पहिरोमा पुरिएर घनश्याम विश्वकर्माका एकै परिवारका ३९ वर्षीय श्रीमती भूमि विश्वकर्मा, १३ वर्षीय छोरा उमेश विश्वकर्मा, ११ वर्षीय छोरी मूना विश्वकर्मा र ६ वर्षिय छोरी विपना विश्वकर्माको मृत्यु भएको थियो । पहिरोमा पुरिएका ४२ वर्षीय श्याम विक र उनका ११ वर्षीय छोरा केशर विकलाई भने स्थानीयवासीले खनेर जिवितै उद्धार गरेका थिए । पीडित परिवार अहिले विस्थापित वनि छिमेकिको घरमा आश्रय लिईरहेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग