Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासको मोवाइल पसलमा चोरी

Published on 12:32:00 PM //


प्रेम सुनार
गुल्मी, २६ साउन । चौबिसै घण्टा प्रहरीले गस्ती गर्ने स्थान सदरमुकाम तम्घासको मिलनचोक बजारमा गए राति मोवाइल पसल तोडफोड गरी चोरि भएको छ । जुन चोकमा राती प्रहरी गस्तीमा बस्ने गर्दछन, त्यही स्थानमा गुल्मीको मरभुङ्ग ८ घर भइ सारथी मोवाइल पसल खोलेर बस्नु भएका किरण जिसीको पसलमा रहेका बिभिन्न सामग्री चोरी भएको हो । जिल्ला प्रहरी कार्यलय गुल्मीले उठाएको मुचुल्का अनुसार जिसीको पसलमा रहेका बिभिन्न कम्पनीका ८ थान मोवाइल, मर्मतका लागि ल्याइएका अन्य मोवाइल सेटहरु र नगद रु १ हजार चोरी भएको छ ।
स्मरण रहोस गत वर्ष पनि उक्त स्थानको अर्को पसलमा यस्तै केटाकेटीले गर्ने खालको चोरी भएको थियो । चोरी गर्ने ब्यक्तीको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ । त्यसो त केहि दिन अघि बसपार्कस्थित रबिन्द्र गुरुङ्गको पसल पनि रातीमा तोडफोड गरि केहि सामग्री चोरी भएको गुरुङ्गले बताउनु भयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग