Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शीर्ष नेताहरुले केहि दिनमै देशलाई निकादिने शान्ती मन्त्री रायमाझिको दाबी

Published on 2:56:00 PM //


अनिल खत्री
अर्घाखाँची, भदौ ११ । अर्घाखाँची शान्ती तथा पुनर्निमाण मन्त्रि टोपबहादुर रायमाझिले शीर्ष नेताहरु बिच बार्ता सुरु भएकाले केहि दिनमै देशलाई निकास दिनको लागि बिपक्षी दलहरु सगँ सहमति हुने बताउनुभएको छ । सन्धिखर्कमा निर्माण भएको नव निर्मित अर्घाखाँची सभा गृहको उदघाटन गर्दै मन्त्री रायमाझीले प्रमुख विपक्षी दलहरु नेपाली कांग्रस र नेकपा एमालेसँग प्रधानमन्त्री डा. बावुराम भट्टराईको पहलमा संवाद शुरु भएकाले केहि दिनमै सहमति जुटने दावी गर्नुभयो ।
करिव ७ करोडको लागतमा निर्माण भएको सभा गृह ५ सय सिट क्षमता भएको र ६० जना सहभागिको लागि प्रयाप्त हुने एउटा छुट्टै वैठक कक्ष समेत रहेको छ सभा गृहले जिल्लाकै एउटा महत्वपुर्ण सम्मेलन स्थलको अभाव पुर्ती गर्नुको साथै यस सभा गृहवाट जिल्ला तथा छिमेकि जिल्लाहरुको साँस्कृतिक प्रर्वद्धन तथा आन्तरिक पर्यटन विकासमा समेत टेवा पुग्ने आशा लिईएको छ ।
मन्त्री  रायमाझिले अर्घाखाँचीलाई सालझण्डी, सन्धिखर्क ढोरपाटन, सडक र पोखरा रिडी सुर्खेत सडकले फाईदा पुग्ने सेमत बताउनु भयो । उहाले अर्घाखाँचीमा कृषि र पर्यटनका क्षेत्रमा नँया योजना ल्याउने तयारी भैरहेको बताउनु भएको छ । कार्यक्रममा शान्ति तथा पुर्ननिर्माण मन्त्रालयका सचिव धुव्र प्रसाद शर्मा, सहसचिव दिपेन्द्रनाथ शर्मा, शहरी बिकास तथा भवन निर्माण विभागका प्रमुख डा. महेन्द्र सुव्वा, प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ, माओवादीका जिल्ला संयोजक गोविन्द के.सी, राजमोका जिल्ला सहसचिव पशुपति ढकाल, एकिकृत क्रान्तिकारीकी यमुना भुसाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम स्थानिय विकास अधिकारी हेमराज भुसालको अध्यक्षता र शेसकान्त घिमिरे ओसनको सञ्चालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग