Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जबरजस्ती करणी गर्न खोज्दा.......

Published on 3:49:00 PM //


सोलुखुम्बु, १२ भदौ । आफैले राखेको कामदारको जवानीमा मोहित भएर आवेशमा करणीको प्रयास गर्ने एक होटल संचालकले सार्वजनिक रुपमा माफी माग्दै तीन लाख तिर्नुपरेको छ ।

होटेलकी कामदार महिलामाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोप लागेका हिमालयन लज लुक्लाका सञ्चालक दावा शेर्पाले सार्वजनिक रुपमा माफी माग्नुका साथै तीन लाख रुपैयाँ जरिवाना तिरेका छन् ।

महिलामाथि जबर्जस्ती यौन सम्बन्ध राख्न प्रयास गरेको भन्दै शेर्पाको होटेलमा काम गर्ने एक महिला कामदारले प्रहरीसमक्ष उजुरी गरेकी थिइन् । घटनाबारे छलफलका क्रममा पीडित महिलाले शेर्पाले माफी माग्नुपर्ने र रकम दिनुपर्ने माग गरेपछि मुद्दा मिलापत्र गरिएको प्रहरीनायब उपरीक्षक रमेशकुमार खड्काले बताए ।

घटनाका सम्बन्धमा शेर्पाले सर्वदलीय तथा सर्वपक्षीय भेलामा माफी मागेर तीन लाख रुपैयाँ तिरेपछि मिलापत्र गरिएको हो । - रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग