Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो छ, रेसुङगा भलिबल रनिङ कपको खेल टाईशीट

Published on 11:32:00 PM //

आगामी सेप्टेम्बर ९ तारिख आईतबारको दिन गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको रेसुङगा भलिबल रनिङ कपको खेल टाईशीट आज तयार भएको छ । टाईशीट अनुसार ए पोलमा ७ टीम र बी पोलमा १० टीम बांढिएको छ । ए पोलमा सातौ नम्बरमा परेको टीमले बिजयी हांशिल गर्न जम्मा ३ टीमलाई जिते पुग्छ भने १२ देखि १५ नम्बरमा परेका टीमलाई बिजयी बन्न पांचवटा खेल जित्नु पर्ने छ । बांकि १२ टीम भने चार खेललाई पछाडी पारे बिजयी बन्न सक्ने छ । १७ टीम भएकोले टाईशीट तयार गर्न निक्कै कठिन परेकोले सहभागि संघसंस्थाहरुको प्रतिनिधिहरुको सहमतिमा यस्तो टाईशीट बनाउन बाध्य भएको आयोजक पक्षले बताएको छ ।
सौजन्य: म्याग्दी समाज, दक्षिण कोरिया 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग