ब्याडमिण्टनको १० हजार फलामको चिउरा बन्यो
Published on
9:22:00 PM //
प्रेम सुनार
गुल्मी, भदौ १० । खेलहरुमा कडा प्रतिस्पर्धा भइनै रहन्छ तर गत चार दिनसम्म सदरमुकाम तमघासमा चलेको ब्याडमिण्टन खेलको प्रथम पुरस्कार १० हजार जित्ने प्रतियोगीलाई साँच्चिकै फलामको चिउरा चपाएजस्तै भएर आज सम्पन्न भएको छ । गौरीशंकर ब्याडमिण्टन खेल विकास समिति तमघास उदिनढुङ्गा मिलनचोकले आयोजना गरेको उक्त खेल प्रतियोगिताको आज बिहान अन्तिम दिनको अन्तिम क्षणसम्म कसले जित्ने हो भन्ने अनुमान लगाउन दर्शकहरुलाई गाह«ो परेको थियो ।

जितपछि हार्नेहरुलाई सान्त्वना दिँदै भनिदै थियो “थाप्लो न समाउँ साथी हो, जितेको यो पैसा वनभोज गएर सबैले खाउँला, ,रमाउला ।” उता सुरु दिनदेखि नै जित्ने पक्का पक्कीको गुड्डी हाँकेका दुर्गा पाण्डेय, जयश्वर पन्थी ,यज्ञ पन्थी , अजय पन्थी भगवतसिंह खड्का लगाएतका समूहहरु पहिल्लै थन्की सकेका रहेछन् । उनिहरु भन्दै थिए - "नराम्रो सँग हराए गाँठे, अर्को चोटी त के छाडौला र ।”
आदर्श विद्या आश्रम सेकेण्डरी बोर्डिङ्ग स्कुलको प्रागंणमा त्यत्ति रोमञ्चित खेल त भयो तर दर्शक उनै खेलाडी मात्रै थिए । खाल्डो र एकान्त स्थान भएकोले तमघासका अधिकांश खेलप्रेमीहरुले थाहा पाउन सकेनन् र खेलको मजा लिन पनि पाएनन् । “सायद उनै खेलाडी आफै धामी आफै बोक्सी भने जस्तै आफै खेल्ने आफै रमाउने सोंच भएर होला अरुलाई थाहा नदिएको” यता नयाँबजार र खानीगाउँतर्फका खेलाडिहरुको यस्तो दुखेसो थियो । जेहोस् खेल रोमञ्चीत थियो । गौरीशंकर ब्याडमिण्टन खेल विकास समिति तमघास मिलनचोकाले आफूहरुलाई स्थापित खेलाडीका रुपमा उभायो । समितिको अध्यक्ष रामप्रसाद पन्थी र सचिव राजु कुँवर हुन् । उनीहरुका अनुसार पुरुस्कारको राशी दैनिक खेलबाट संकलित रकम हो ।