Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सोमबार दिउँसो तम्घास बजार तनाबग्रस्त, युवा कुट्ने प्रहरिले माफि मागे, आन्दोलन फिर्ता

Published on 8:20:00 PM //


पि.एम.मगर
गुल्मी, भदौ ४ । विना कसुर एक युवकलाई प्रहरीले कुटपिट गरी ज्यादती गरेको भन्दै विरोधमा उत्रिएका गुल्मी सदरमुकाम तमघासका स्थानीयवासीहरुले सहमतिपछि मंगलवार दिउँसो साढे ३ वजेदेखि सम्पुर्ण आन्दोलन फिर्ता लिएका छन्।

प्रहरीले युवालाई कुटपिट गरेको विरोधमा जिल्ला प्रहरी कार्यालय गुल्मी अगाडी जम्मा भएर नारा जुलुस गर्दै आन्दोलनकारीहरु, उनीहरुले तमघास वजार तथा यातायात समेत वन्द गराउनुका साथै टायर समेत वालेर विरोध जनाएका थिए ।
गल्ती स्वीकार गरी संवन्धित प्रहरीले माफी मागेपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन्। सदरमुकाम तमघासका ती युवा तारा वस्नेतलाई प्रहरी कार्यालय भित्रै कुटपिट गरेकोप्रति प्रहरी निरीक्षक हेमवहादुर के.सी.ले माफी मागेपछि आन्दोलन फिर्ता भएको हो। “जिल्ला प्रहरी कार्यालयमै प्रहरी नायव उपरीक्षक राजकुमार वैदवारकै कार्य कक्षमा भएको दुई पक्षीय वार्तामा सहमति भयो” वार्ता टोलीका एक सदस्य वालसिँह काउछा मगरले भने “प्रहरी निरीक्षक के.सी.ले नै पीडित पक्षको उपचार खर्च उलव्ध गराउने तथा कानुनी कारवाहीका लागि परेको निवेदनमाथि कारवाही प्रकृया अगाडी वढाउने सहमति भएको छ।” प्रहरी निरीक्षक के.सी.ले आईतवार वेलुकी सोधपुछका लागि भन्दै प्रहरी कार्यालयभित्र लगेर आफुलाई कुटपिट गरी सोमवार विहान मात्र छाडेको पीडित वस्नेतले वताए। अनटेष्ट युवा क्लवका खेलकुद उपसमिति सदस्य समेत रहेका बस्नेतले कार्यालयवाट निस्किएपछि कुटाईको दोवहरु देखाउँदै भने “आफुलाई विना कारण प्रहरीले कुटपिट ग¥यो, मेरो केही गल्ती छैन, तपाईहरुले मेरो आवाज सुनिदिनुप¥यो।” वस्नेतले आफु प्रहरीवाट कुटिएको वताएपछि स्थानीयवासी आन्दोलित बनेका हुन्। आन्दोलनकारीहरुले प्रहरी अत्याचारको विरुद्ध भन्दै वजार वन्द गराएका थिए भने सम्पुर्ण यातायात सेवा समेत ठप्प पारेका थिए। उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडी नै चर्का नारा लगाउँदै टायर समेत वालेर विरोध गरेका थिए। केही समय जिल्ला प्रहरी कार्यालय अगाडी तनावको स्थिति समेत सृजना भएको थियो।
प्रहरी निरीक्षक हेमवहादुर कार्कीवाटपिटाई खाएका पीडित तारा वस्नेत ढाडमा निल डाम देखाउँदै
सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालको सक्रियतामा भएको द्धिपक्षीय वार्तामा प्रहरी नायव उपरीक्षक राजकुमार वैदवार, एकीकृत नेकपा माओवादीका युवराज के.सी. नेपाली काँग्रेसका जिल्ला सचिव विष्णु वलाल, नेकपा एमालेका जिल्ला अध्यक्ष वोमवहादुर खड्का, नवगठिट नेकपा माओवादीका जिल्ला इन्चार्ज विरवहादुर कार्की, वालसिँह काउछाविच छलफल भएको थियो। वाहिर आन्दोलनकारीले भने गल्ती गर्ने प्रहरीले वाहिर आएर सवैको सामु माफी माग्नुपर्ने भन्दै नारा लगाएका थिए।
सदरमुकामको वुढाथोकी वसपार्क स्थित एक होटलमा काम गर्ने एक जना १०÷१२ बर्षे वालकले वसका स्टाफ तथा अन्य साधारण व्याक्तिहरुको सोही होटलवाटै पटक पटक मोवाईल, चार्जर जस्ता सामानहरु चोरी गर्ने उनको वानीलाई हटाउन सकिन्छ की भन्दै प्रहरीलाई भनिदिन्छु मात्रै भनेको तर परिणाम आफैले भोग्नुपरेको पीडित वस्नेतले वताए। चोरीका विषयमा खवर पुगेपछि प्रहरीले आफुलाई सोधपुछका लागि भन्दै लगेर कुट्पिट गरेको वस्नेतले वताए। प्रहरीको कुटपिटका विरुद्ध आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरुले प्रहरी निरीक्षक के.सी.लाई कानुनी कारवाही हुनुपर्ने माग गरेका थिए। सहमतिपछि आन्दोलन फिर्ता लिएका उनीहरुले आगामी दिनहरुमा पनि यस्तै कार्य दोहोरिए शसक्त रुपमा प्रहरीको प्रतिकारमा उत्रिने समेत चेतावनी दिएका छन्। वन्द फिर्ता भएपछि यहाँको जनजीवन सामान्य वन्दै गएको छ भने सवारी साधनहरु पनि चलेका छन्।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग