Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी-रुद्राबेणी सडक अबरुद्दले पीडित बनेको वामिबासीको गुनासो

Published on 7:31:00 PM //


पटक पटक अबरुद्द भईरहने रिडी-रुद्राबेणी सडकबाट आफुहरु पीडित भएको वामी बासिले गुनासो गरेका छन । त्यसै गरी उनिहरुले गाबिसले उपलब्ध गराउने सेवा र सुबिधा को स्थानिय स्तरबाटै पाउनुपर्ने माग पनि गरेका छन ।

अनिल खत्री
गुल्मी, भदौ २ । गुल्मी जिल्लाको वामीटक्सारमा वामी प्रहरीचौकी नागरिक समाज वामीटक्सार गुल्मीको संयुक्त पहलमा नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।
गाउँ विकास समितिमा हुने गरेका गतिविधिहरुको कार्यसम्पादन के कति पारदर्शीता भएको छ, भन्ने हेतुले सार्वजनिक सुनुवाई आयोजना गरिएको हो । गाउँ विकास समितिमा रहेका खानेपानी, मोटरबाटो, पर्यटनक्षेत्र, गोरेटो बाटो, स्वाथ्य तथा सरसफाई लगाएतका क्षेत्रमा छुट्टाएको बजेट निश्चित ठाउँमा खर्च भएका छनकी छैनन् भन्ने विषयमा बहस भएको थियो ।
सार्वजानिक सुनवाई कायक्रममा वामी गाउँ विकास समितिका सचिव महेन्द्र चौधरी, रुद्रावति बहुमुखी क्याम्पसका सहायक क्याम्पस सहाएक प्रमुख रामु तिवारी, महेन्द्र आदर्श उच्च मावि वामीका प्राचार्य भिमलाल सापकोटा, नेपाली सेना सुरक्षा क्याम्प, वामीका प्रमुख नलबहादुर रोका, वामी प्रहरीका प्रमुख धन बहादुर थापा, उद्योग बाण्ज्यि संघ वामीका अध्यक्ष शुदर्शन शाक्यले आ-आफ्नो जिम्मेवारीका बालेमा बोल्नुभएको थियो । त्यसैगरी वामी श्रोत केन्द्रका टँकनाथ भण्डारी, सहरी विकास तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश काफ्ले , नेपाल जुनियर रेडक्रस सर्कल वामीका शाखा सभापति दिलाराम खरेल नेपाली कांग्रेस गाउँ कार्यसमिति सभापति कृष्णहरी साप्कोटा, एमालेका सचिव नारायण साप्कोटा, माओवादीका इनचार्ज बसन्त कार्की, जनमोर्चाका सुन्दर प्रधान, एकल महिला संघ जिल्ला उपाध्यक्ष कल्पना घिमिरे, रेसुङ्गा विकास बैंक वामी शाखाका प्रबन्धक विष्णुहरी भण्डारी लगाएतले जनताले सोधेका जिंज्ञासको बारेमा जवाफ दिनुभएको थियो । कार्यक्रममा स्थानियबासीहरुले आफ्नो प्रश्न तथा गुनासो सम्बन्धित निकायका प्रतिनिधिहरुलाई राखेका थिए । गाउँ विकास समितिका सचिव तथा अध्यक्ष महेन्द्र चौधरीको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सहजिकरण चिरञ्जीबी श्रेष्ठले गर्नु भएकोको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग