Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस बर्षको मिस वर्ल्ड उपाधी चिनिँया सुन्दरिलाई, नेपाली सुन्दरी रित्तो हात फर्कीईन (भिडियो सहित)

Published on 9:56:00 PM //


मिस वर्ल्ड २०१२ को उपाधि चीनकी सुन्दरी वेनजिया युले जितेकी छिन् । शनिवार साँझ चीनको ओडर्समा भएको अन्तिम प्रतियोगितामा युले उपाधि जितेकी हुन् । फष्ट रनरअप वेल्स र सेकेण्ड रनरअपको उपाधि अष्ट्रेलियाका सुन्दरीले जितेका छन् ।
मिस वर्ल्डबाट कुनै न कुनै उपाधि लिएर फर्किने आशा गरिएकी मिस नेपाल सृष्टि श्रेष्ठले अघिल्ला प्रतियोगीहरुकै नियती भोगिन् ।

उनले  कुनै पनि उपाधि सृष्टिले जित्न सकिनन् । बिच ब्युटी प्रतिस्पर्धाको १० औं स्थानमा रहेपनि उनले सो उपाधि जित्न सकिनन् ।
बेलायतमा ब्यबसायीक मोडलिङमा संलग्न, यसअघिका नेपाली सुन्दरीभन्दा राम्रो उचाई र प्रस्तुतीका कारण उनी निर्णाकको आँखामा पर्ने अपेक्षा गरिएको थियो । बिच ब्युटीको टप टेनमा पर्नेबाहेक सृष्टिले अर्को उपलब्धी हाँसिल गर्न सकिनन् ।
यो नतिजा थाहा पाएसँगै सृष्टिका फ्यानहरुले उनको फेसबुक पेजमा सान्त्वना दिएका छन् । राम्रो प्रस्तुती गरेको भन्दै उनीहरुले सृष्टिको तारिफ गरेका छन् । यस्तै सोसल मिडिया र विउटी विथ परपोज अवार्ड भारतीय सुन्दरी भान्लेया मिश्राले हात पारिन् ।



भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग