Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुकुरले बाख्रा खायो, भुस्याहा कुकुरको बिगबिगी

Published on 8:46:00 AM //


प्रेम सुनार
कुनै समय घना जंगल गुल्मीमा बाघले बाख्रा खायो भन्दै आतकिंत हुन्थे मान्छेहरु तर अहिले तर अहिले कुकुरले बाख्रा खायो भन्ने खबर आउन थालेको छ । त्यो पनि कुनै ग्रामिण क्षेत्रमा होइन यसै सदरमुकाम तम्घासमा ।
तम्घास ७ गैराबारी निवासी भिमी सुनारको घरमा पालिएका बाख्राहरु झम्टिन पुगेका बजारका ७ वटा भुस्यहा कुकुरहरुले उनको एउटा माउ बाख्रो अस्ति सोमबार नै टोकेर मारे । टोकेका अन्य घाइते पाठाहरु मंगलबार मरेका छन् । माउ सहित ४ वटा पाठापाठी मरेपछि गरिब सुनार परिवाले थाप्लोमा हात समाउने भएका छन् ।
ति कुकुरलाई लखेट्न जाँदा मान्छेहरुलाई पनि झम्टिन थालेपछि फर्किन परेको सुनार परिवारले बताएका छन् । त्यसो त गत केहि दिन देखि तम्घासमा कुकुर आतकं बढ्दै गएको छ । खानीगाउँमा चार पाँच जनालाई टोकिसक्यो । उपल्लो तम्घासकी वृद्धा पुण्यवती पाण्डे भन्नुहुन्छ आजकाल त बारीमा जान पनि डर भयो । तरकारी टिप्न बारीमा पुग्नुभएकी उहाँलाई एक दर्जन बढी कुकुरहरुले झम्टिन थाले । पन्थी भन्नुहुन्छ हामी सान्साना छँदा बाघको डर हुन्थ्यो अहिले कुकुरको डर हुन थाल्यो ।
रेविज रोग लागेका कुकुरहरुले टोक्दा अस्लेवा, तुराङ्ग, लगाएतका स्थानमा मानिसहरु विरामी परे । त्यस क्षेत्रमा पशु सेवा कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय पुगे पनि आफ्नै आँखा अगाडि सदरमुकाममा भने ध्यान पुग्न नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । बजारमा दर्जनौ कुकुरहरु डुलिरहेका हुन्छन् । जिल्ला प्रशासन कार्यालय वरिवरी कुकुरले दिशा गरेर दुर्घन्धीत पारिरहेकाछन् । शरिरमा माखा घन्किने चोट लागेका घाइते कुकुरहरु नजिक पुग्दा दुर्गन्धले मानिसमा बिमार फैलिने हो की भन्ने त्रासमा छन् बजारमा हिंडडुल गर्ने मानिसहरु । कुकुर आतकंकाबाट पिडित मानिसहरुले यथाशिघ्र सम्बन्धीत निकायको ध्यान जानुपर्ने माग गरेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग