Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"दादुरा–रुवेलामा कुनै कमजोरी छैन, ढुक्क भएर लगाउनुस्"

Published on 3:43:00 AM //


प्रेम सुनार
गुल्मी, भदौ १२ । यूनिसेफका खोप इन्चार्ज विष्णु पौडेलले दादुरा–रुवेलाको खोपका कारण बालबालिकामा असर देखिएको भन्ने कुरा भ्रम मात्र भएको बताउनुभएको छ । दादुरा रुबेलाको भ्याक्सिनमा कुनै कमजोरी नभएकोले ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभएको छ । दोश्रो चरणको दादुरा–रुवेला खोप अभियानको जानकारी गराउन जिल्ला स्वास्थ्य कार्यालय गुल्मीमा आयोजीत पत्रकार अन्तरक्रिय कार्यक्रममा पौडेलले यस्तो बताउनुभएको हो । अवान्छित घटना छानविन समितीले खोपमा कुनै कमजोरी नभएकोले निरन्तरता दिन निर्देशन दिएको समेत उहाँले बताउनुभयो ।
विगतका समयमा यथार्थ बुझेर रीपोर्टिङ्ग नहुँदा खोपको कमजोरी नहुँदा नहुँदै पनि क्याम्प नै स्थगीत गर्ने अबस्था आएकोले लाखौ बालबालिका खोपबाट बन्चित भएको भन्दै कहीँ कतै गुनासो आएमा सम्बन्धित क्षेत्रमा वास्तविकता बुझेर मात्र समाचार सम्प्रेषण गर्नु उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
यस्तै गुल्मी जिल्लामा यसपटक ९ महिनादेखि १५ वर्ष भित्रका ९८ हजार वालवालिकालाई दादुरा–रुवेला विरुद्धको दिने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. हरी बहादुर केसीले जानकारी दिनुभयो । खोप केन्द्र प्रत्येक गाविसका प्रत्येक वडामा सञ्चालन हुने छन् । प्रत्येक विद्यालयमा खोप राखिने भएकाले अनिवार्य रुपमा नछुटिकन दादुरा–रुवेला विरुद्धको खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले आग्रह गरेको छ । ‘भदौ महिनाभर खोप लगाउने स्वास्थ्यकर्मी, स्वम्सेवक सवैलाई तालिम दिन्छौ, प्रचारप्रसार गर्छौ’– उहाँले भन्नुभयो–‘असोजवाट खोप अभियान सुरु हुन्छ ।’

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग