Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सरकारको बैधता बारे विद्यार्थीको नमुना चुनाव

Published on 3:39:00 PM //


अनिल खत्री
गुल्मी, साउन ३२ । सरकार विरुद्ध आन्दोलनरत विपक्षी युवा–विद्यार्थी संगठनहरुले विहीवार सरकारको वैधताबारे नमूना चुनाव गर्ने भएका छन । केन्द्रीय निर्णय अनुसार गुल्मीको सदरमुकाम तमघास स्थित रेसुङ्गा वहुमुखी क्याम्पसमा विहीवार विहान र लाँकुरी मञ्चमा दिउँसो नमुना चुनाव गराइने युवा–विद्यार्थी संगठनले जनाएका छन। मंगलवार आन्दोलन परिचालन समितिले प्रेस विज्ञप्ती जारी गर्दै रेसुङ्गा क्याम्पस र लाँकुरी मञ्च गरी दुई मतदान केन्द्रमा चुनाव हुने जनाएका हुन । मतदानमा भाग लिई सरकारको वहिर्गमन र सहमतिको वातावरण निर्माणमा दवाव सिर्जना गर्न गुल्मीवासीलाई आग्रह समेत गरिएको विज्ञप्तीमा उल्लेख छ। त्यस्तै भदौँ १ गते मतगणना गरी भदौँ ३ गते मत परिणाम राष्ट्रपतिसमक्ष पठाउने विज्ञप्तीमा जनाईएको छ। आन्दोलनका कार्यक्रम अन्तर्गत मङ्गलवार युवा विद्यार्थी संगठनहरुले गुल्मी जिल्ला प्रशासन कार्यालयमा २ घण्टा धर्ना दिएका थिए। प्रधानमन्त्री डा. वावुराम भट्टराईले सत्ता छाड्नुपर्ने भन्दै विपक्षी दलका युवा विद्यार्थीहरुले धर्ना दिएका हुन्। गुल्मीमा युवा संघ नेपाल, नेपाल तरुण दल, अखिल नेपाल युवक संघ, नेपाल विद्यार्थी संघ, अनेरास्ववियू तथा अनेरास्ववियू छैठौँका प्रतिनिधी रहेको आन्दोलन परिचालन समिति गठन भएको छ। विपक्षी युवा–विद्यार्थीले बाबुराम भट्टराई नेतृत्वको सरकारलाई अवैधानिक भन्दै चरणबद्ध आन्दोलन गर्नै आइरहेका छन।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग