Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्लाका उत्कृष्ट स्वास्थ्य संस्था तथा कर्मचारीलाई सम्मान

Published on 6:12:00 AM //


अनिल खत्री
गुल्मी भदौ ६ । आर्थिक बर्ष २०६८/६९ को कार्यसम्पादन तथा मुल्याङ्कन कार्यमा उत्कृष्ट हुने जिल्लाका स्वास्थ्य संस्था तथा कर्मचारीलाई सम्मान गरिएको  छ । नेपालमै द्धितीय तथा पहाडि जिल्लामा प्रथम बन्दै आईरहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले कर्मचारीहरुको लगाबको कदर गर्दै आगामि दिनमा अझ प्रभावकारी रुपमा काम गर्न पे्ररीत गर्ने उद्देश्यले कार्यालय तथा कर्मचारी लाई सम्मान गरेको हो । पुरस्कृत हुने संस्थाहरुमा प्राथमिक स्वास्थ्य केन्द्र तर्फ जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र उत्कृष्ट भएको छ ।
त्यसैगरी स्वास्थ्य चौकी तर्फ इस्मा रजस्थल स्वास्थ्य चौकी प्रथम, ख¥ज्र्याङ स्वास्थ्य चौकी द्धितीय, उपस्वाथ्य चौकी तर्फ दरबार देविस्थान उपस्वाथ्य चौकि प्रथम, पल्लिकोट उपस्वाथ्य चौकी द्धितीय, अमरपुर उपस्वास्थ्य चौकी तृतीय तथा ग्वाघा उपस्वास्थ्य चौकी सान्तव्ना भएका छन् । त्यस्तै सम्मानीत कर्मचारीहरुमा जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर काशिम शाह, कृष्ण प्रसाद पन्थी, गोपाल प्रसाद खनाल र कार्यलय सहायक भोज प्रसाद पाण्डे, टोपराज पाण्डे, सुर्य बहादुर बस्नेत र छविलाल गौतम सम्मानित हुनुभएको छ । प्राथमिक स्वास्थ्य केन्द्र तर्फ जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख बसन्त कुमार श्रेष्ठ, प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव तर्फ रुरु प्राथमिक स्वास्थ्य केन्द्रका देब बहादुर बुढाथोकी, प्राथमिक स्वास्थ्य केन्द्र ल्याब तर्फ जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रका खिमलाल पाण्डे र प्राथमिक स्वास्थ्य केन्द्र अहेब तर्फ रुरु प्राथमिक स्वास्थ्य कैन्दकै ईन्द्रदेव पौडेल उत्कृष्ट हुनुभएको छ ।
यसैबिच स्वास्थ्य चौकी तर्फ इस्मा रजस्थल स्वास्थ्य चौकीका प्रमुख चन्द्रप्रसाद भुसाल प्रथम, ख¥ज्र्याङ स्वाथ्य चौकीकी प्रमुख बिमला पाण्डे द्धितीय, स्वास्थ्य चौकी अहेब तर्फ शान्तिपुर स्वास्थ्य चौकीका ढकनारायण थापा प्रथम तथा वामिटक्सार स्वास्थ्य चौकीका ढाल बहादुर जिसी द्धितीय हुनुभएको छ । यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र अनमी तर्फ जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रकी गोमती राना प्रथम, स्वास्थ्य चौकी अनमी तर्फ बडागाउँ स्वास्थ्य चौकीकी निरा गाहा प्रथम साथै खर्‍ज्याङ स्वास्थ्य चौकीकी बिन्द माया चौधरी द्धितीय हुनुभएको छ । स्वास्थ्य चौकी ग्रामिण स्वास्थ्य कार्यक्रता तर्फ इस्मा रजस्थल स्वास्थ्य चौकीकी भवगती भुसाल प्रथम र ख¥ज्याङ स्वास्थ्य चौकीका धनेश्वर पाण्डे द्धितीय हुनुभएको छ । उपस्वास्थ्य चौकी तर्फ पल्लीकोट उपस्वास्थ्य चौकीका प्रमुख श्याम सुन्दर पाख्रेल प्रथम, अमरपुर उपस्वास्थ्य चौकीका प्रमुख युवराज भण्डारी द्धितीय हुनुभएको छ ।
साथै ग्वाघा उपस्वास्थ्य चौकीका प्रमुख नन्दराम पौडेल तृतिय र दरबार देविस्थान उपस्वास्थ्य चौकीका प्रमुख नारायण प्रसाद अर्याल सान्तव्ना हुनुभएको छ । उपस्वास्थ्य चौकी ग्रामिण स्वास्थ्य कार्यक्रता तर्फ दरबार देविस्थान उपस्वास्थ्य चौकीबाट बिष्णु कुमारी कार्की प्रथम, पल्लिकोट उपस्वास्थ्य चौकीका तर्फबाट शोभाखर न्यौपाने द्धितीय, अमरपुर उपस्वाथ्य चौकीबाट जोगुलाल भण्डारी द्धितीय र ग्वाघा उपस्वास्थ्य चौकीका तर्फबाट कमला अर्याल सान्तव्ना हुनुभएको छ । यसैबिच उपस्वास्थ्य चौकी मातृशिशु कार्यकर्ता तर्फ पल्लिकोट उपस्वास्थ्य चौकीबाट तुल्सा बस्नेत प्रथम, दरबार देविस्थान उपस्वास्थ्य चौकीबाट जुनकला बस्नेत द्धितीय, अमरपुरबाट गगां पाण्डे तृतिय र हुँगाबाट लक्ष्मी भण्डारी सान्तव्ना हुनुभएको छ । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्रका कार्यलय सहयोगी तर्फ धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रका बुद्धिराम भण्डारी प्रथम, स्वास्थ्य चौकी शान्तिपुरका श्रीलाल भण्डारी प्रथम र वामी टक्सारका टक बहादुर कुमाल द्धितीय भएका छन् । उपस्वाथ्य चौकी तर्फ दौघाका कृष्ण ज्ञवाली प्रथम र सिर्सेनीका दिनेश भट्टराई द्धितीय भएका छन् । साथै मुसिकोटका हेमराज पन्थी तृतिय र हर्मिचौरकी नैनकला पाण्डे सान्तव्ना भएका छन् ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी निमीत्त प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले पुरस्कृत हुनु आफैमा गौरबको कुरा भएपनि आगामी दिनमा निरन्तरता दिनु उत्तिकै चुनौतिको बिषय भएको बताउनुभयो । पुरस्कृत हुनेलाई शुभकामना दिँदै पुरस्कृत नहुनेहरुले पनि आगामी दिनमा उच्च मनोबलका साथ काम गरे त्यो स्थानमा पुग्ने बताउनुभयो । जिल्ला स्वास्थ कार्यालयका प्रमुख हरी बहादुर केसीको अध्यक्षता, बरिष्ठ जनस्वास्थ्य अधिकृत श्रवण कुमार नायवको स्वागत मन्तव्य तथा स्वास्थ्य शिक्षा टेक्निसीयन गोपाल प्रसाद खनालको सञ्चालन रहेको कार्यक्रममा प्रहरी नायव उपरिक्षक राजकुमार बैदबार, तम्घास अस्पताल विकास समितिका अध्यक्ष बिर बहादुर कार्कि, गुल्मी उद्योग वाणिज्य सघंका महासचिव कृष्ण प्रसाद पोख्रल, एकिकृत माओवादीका निम बहादुर पाण्डे, कागे्रसका छन्द पहराई, एमालेका शेषकान्त गौतम, नेकपा माओवादीका धन बहादुर थापा, जनमोर्चाका हरी न्यौपाने, पत्रकारहरु लगाएतको उपस्थिती रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग