Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विषयगत शिक्षकको माग गर्दै विद्यालयमा तालावन्दी

Published on 8:13:00 AM //


प्रेम सुनार
गुल्मी, भदौ ६ । विषयगत शिक्षकको माग गर्दै गुल्मीको मुसिकोटमा रहेको एक विद्यालयको प्रशासन कार्यालयमा विद्यार्थीहरुले तालावन्दी गरी पठन पाठन ठप्प पारेका छन् ।
विषयगत शिक्षक नहुँदा लामो समयदेखि अंग्रेजी विषयको पढाई नै हुन नसकेको भन्दै मुसिकोट गाविस स्थित खसथोक माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले मङ्गलवारदेखि विद्यालयको प्रशासन कार्यालयमा तालावन्दी गरेका हुन् । पटक पटक जानकारी गराउँदा पनि विद्यालय प्रशासनले आफुहरुको समस्या र मागप्रति कुनै सुनुवाई नै नगरेपछि वाध्य भएर प्रशासनमा तालावन्दी गरी आन्दोलनमा उत्रिनुपरेकोे विद्यार्थी विशाल महतले वताएका छन् । उनले भने “जवसम्म अंग्रेजी विषयको शिक्षक विद्यालयमा नियुक्ति गरिदैन तवसम्म आन्दोलन जारी रहन्छ ।” लामो समयदेखि विषयगत शिक्षक नहुँदा विद्यार्थीको अंग्रेजी विषयको कोर्ष अगाडी वढ्न सकेको थिएन । प्रशासनमा तालावन्दीपछि विद्यालयको पठन पाठन ठप्प छ । यता विद्यालयका प्रधानाध्यापक तुलवहादुर कार्कीले भने विषयगत शिक्षकको नियुक्तीका लागि प्रकृया अगाडी वढाईसकेको वताएका छन् । “तत्काल विद्यालय व्यवस्थापन समितिको पनि वैठक आह्वान गरी विद्यार्थीहरुको मागको विषयमा छलफल गर्नेछु” प्रधानाध्यापक कार्कीले भने ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग