Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 4:40:00 AM //


सूर्य न्यौपाने “सिकारु”
अर्बेनी ८,गुल्मी

दीलको फूल बेलैमा सारेको राम्रो
मन-मनले जिन्दगि बारेको राम्रो

रम्दा बैंश मात खोजी कल्पनाको
दुइ आत्मा एकैठाउ पारेको राम्रो

बिश्वासै भन्छन दीगन्त प्रेमपथ
शंकालु बाटो सधै नै मारेको राम्रो

पुग्न गन्तब्यमा निष्ठा जोगाएर
संकल्पित वाचामा न हारेको राम्रो

प्रभुको देनै हो अमूल्य जीवन यो
माया मोह संगालेरै तारेको राम्रो

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग