Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेलुका ६ बजेपछी गाउँ प्रवेशमा रोक, गाउँ शान्त राख्न युवा गस्ती

Published on 6:25:00 PM //


प्रेम सुनार
गुल्मी भाद्र १४ । रातपरेपछि अन्य गाउँका युवाहरु जाँड रक्सी पिएर आउने र दादागिरी देखाएर आतंकित पार्ने र युवतीहरु समेतलाई गिद्दे दृष्टी लगाएर असुरक्षित बनाउने गर्न थालेपछि गुल्मी बडागाउँको वडा नं.–७ को चौर र चुँदरीगाउँका युवाहरुले साँझ परेपछि गस्ती गर्न सुरु गरेका छन् ।
त्यस क्रममा छिमेकी गाउँ मुसिकोट अमराईका केही यूवाहरुले मदिरासेवन गरी रातमा आएर गाउँमा दादागिरी देखाउन थाले पछि गस्ती गर्न बाध्य भएको चौरका अगुवा यूवा मोहन सूर्यबंसीले बताए । ४० जनाको यूवा दस्ता बनाएर साँझ ६ बजेपछि राती १२ बजेसम्म गस्ती गर्दछौँ– उनले भने – अत्याबस्यक भए गस्तीटोलीसंग अनुमति लिएर गाउँ छिर्न दिनेछौँ ।तर २ जनाको समूहभन्दा बढीको संख्यामा साँझ ६ बजेदेखि हिँड्न निषेध गरेका छौँ ।
गस्तीकै क्रममा तीनदिन अघि अमराईका २ जना यूवाहरुले मदिरा सेवन गरी गाउँमा आतंक मच्चाएपछि उनीहरुलाई रातभरी नियन्त्रणमा लिई अर्कोदिन काजगी कार्वाही गरी पठाईएको उनले बताए । हाम्रो उद्धेस्य गाउँमा शान्ति कायम गर्नु हो, त्यसमा सबैले साथ दिन हामी आग्रह गर्दछाँै । उनले भने केही यूवा जँड्याहा र दादागीरीका कारण गाउँ सुत्न पाएको हुन्न, चेलीबेटी समेत असुरक्षित हुनु परेको छ । त्यसलाई हामी सहेर बस्न सक्दैनौँ  । प्रशासनले समेत साथ दिने आशा गरेको उनले बताए । उक्त चौर चुँदरीगाउँ माओवादी बाहुल्यता रहेको गाउँ हो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग