Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘गुल्मीको पर्यटकीय विकासको लागी सरकारै लाग्नुपर्छ’

Published on 9:37:00 PM //


अपडेट गुल्मी
पर्यटकीय हिसावले प्रसस्त सम्भावना रहेको गुल्मीको जिल्लाको पर्यटकीय प्रवद्धनको लागी सरकारी तहवाटै महत्वपुर्ण कदम चालिनुपर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । गुल्मी जिल्ला पर्यटकीय तथा धार्मिक हिसावले समेत भरिपुर्ण रहेपनि उचित प्रसार प्रसारको अभावमा विकास हुन नसकेको भन्दै उनीहरुले यस तर्फ सवैको ध्यान आकर्षण हुनु पर्नेमा जोड दिएका छन् ।
गुल्मी जिल्लाका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रहरुको विकास लागी पर्यटन मन्त्रालयले गठन गरेको रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गुल्मीले सदरमुकाम तम्घासमा विहिवार आयोजना गरेको गुल्मी जिल्लामा पर्यटकीय क्षेत्रहरुको सम्भावना र चुनौती विषयक अन्तर क्रियाका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रमका सहभागिहरुले गुल्मीकै माटोले जन्माएको छोरो लिलामणि पौडेल मुख्य सचिव जस्तो निजामति कर्मचारीको सर्वोच्च पदमा पुगेको वेला सिमिचौरको थालेमालेमा वन्न थालेको रेसुङ्गा विमानस्थलले पुर्णता पाउने आशा व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्य सचिव पौडेलले भने आफु विकास निर्माणको काम गर्ने महत्वपुर्ण पदमा नरेपनि जिल्लाको विकास निर्माणका कामवाट नपन्छिने वताउनुभयो । कार्यक्रममा रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका कार्यकारी निर्देशक श्रीराम गौतमले गुल्मी जिल्लामा पर्यटकीय क्षेत्रहरुको सम्भावना र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमा टिप्पणी गर्ने अधिकांश वक्ताहरुले रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति र रेसुङ्गा संरक्षण समितिविच रहेको मनमुटाव अन्त्य नभएसम्म गुल्मीको पर्यटकीय तथा धार्मिक क्षेत्रको विकास नहुने वताएका थिए । तर रुरु रेसुङ्गा संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष निमवहादुर पाण्डेयले यी दुई समितिविच कुनै पनि मनमुटाव नरहेको दावी गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, राजनितिक दलका प्रतिनिधी, वुद्धिजिवि, व्यापारी, लगायतको उपस्थिती रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग