तम्घासमा बेपत्ता दिवस
Published on
5:20:00 PM //
प्रेम सुनार
गुल्मी भाद्र १४ । मानवअधिकारको लागि नागरिक समाजको सञ्जाल, इन्सेक जिल्ला कार्यालय, स्थानीय शान्ति समिति र नेपाल रेडक्रस सोसाईटी लगायतका संघ संस्थाहरुको आयोजनामा बेपत्ता दिवस ०६९ भदौ १४ गते तम्घासमा सम्पन्न भयो ।

कार्यक्रममा नागरिक समाजको सञ्जाल, गुल्मीमा आवद्ध संघ संस्थाहरुको तर्फबाट संयुक्त विज्ञप्ती प्रकाशित गर्दै अन्तराष्ट्रिय मापडण्ड अनुसारको बेपत्ता नागरिक छानविन आयोग गठन गरी पीडितलाई परिपुरण सहितको न्याय प्रत्याभूत गरियोस्, पीडकलाई कानुनको दायरामा ल्याई भविश्यमा यस्ता घटना नहोहोरीके कुराको ग्यारेन्टी गरियोस्, वेपत्ता परिवारलाई सामाजिक सुरक्षा, परिचय पत्र, जीविको पार्जनको आधार, शिक्षा र स्वास्थ्यको प्रवन्ध गरियोस् राहत पाउनबाट बञ्चित वेपत्ताका परिवार लाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यबस्था गर्न माग गरिएको छ ।

कार्यक्रम स्थानीय शान्ति समिमितका अध्यक्ष टोमलाल पाण्डेको अध्यक्षता इन्सेक प्रतिनिधि नरेश भण्डारीको सञ्चालनमा सम्पन्न भयो ।