Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिलालाई गरिने बिभेद नै समग्र बिकासको बाधक

Published on 3:20:00 AM //


प्रेम सुनार
गुल्मी, भदौ ७ । महिला सशक्तीकरणका लागि रकम आए पनि यो बाटो महिला हिड्ने बाटो हो भनिन्छ र त्यो रकम बाटोमा हालिन्छ । लक्षित वर्गलाई आएको रकम कागजमा संवन्धित कार्यमैं खर्च भएको छ तर व्यबहारमा बाटो कि त विद्यालयमा हालिन्छ । जहाँ दलितका छोराछोरीले पनि पढ्ने स्कुल हो भनिन्छ । यहि रवैयाका कारण दलित र महिलाहरु पछाडी परेका छन् । आज एक कार्यक्रमका बक्ताहरुले यस्तै चिन्तन गर्दै निचोड निकाले “यस्तो विभेद र रवैया समग्र विकासको समेत बाधक हो ।”
दलित महिला संघ गुल्मीले आयोजना गरेको अन्तक्रिया कार्यक्रमका बक्ताहरुले यस्तो निचोड निकालेका हुन् । "राजनैतिक दलका भातृ संगठनहरुमा दलित महिलाको अवस्था, पहुँच र सहभागिताको लागि देखा परेका चुनौती" विषयक कार्यक्रममा सवै संगठन, संघ–संस्थाको दावि थियो आ–आफ्नो संस्थामा दलित महिलाहरुको सहभागिता छ । गजवको कुरा त के भने सहभागिता छ तर कागजमा मात्रै ब्यबहारमा उनिहरुको हैसियत छैन । कतिपयलाई त म त्यो संघ–संगठनमा छु, छैन भन्ने कुरा समेत थाहा छैन् । अझ गजवको कुरा त समावेसीको कुरा गरेर नथाक्ने तिनै सामाजिक सस्थाहरुमा न राजनैतिक समावेशी छ न त जातीय र लैङ्गिक समावेसी नै ।
सदरमुकाम तम्घासमा हरेक संस्थाले यसरी औपचारिक कार्यक्रम गरे पनि दुरदराज गाउँका महिलाहरु राज्यले अधिकार दिएर पनि उपभोग गर्न सकिरहेका छैनन् । चरम थिचोमिचो र अन्यायमा पिल्सीदा पनि आर्थिक अभवका कारण न्याय खोज्न सदरमुकामसम्म आउन समेत सकिरहेका छैनन् ।यस्ता विषय भने कहिल्यै समाधान हुन सकेन यस्तै चिन्तन मनन भयो र दलका नेताहरुले पनि सदा झैं आज पनि दलित र त्यस समुदायका महिलाहरुको पक्षमा आ–आफ्नो दल सशक्त रुपले लागेको उही पुरानो रेडिमेट भाषण छाटेकै थिए ।
विकासको बाधक जातिय र लैङ्गिक विभेद कार्यक्रममा एं नेकंपा माओवादी गुल्मीका संयोजक एवं पुर्व सभाषद सुदर्शन बलाल, नेपाली कांगेसका सचिव छन्द पहराई, राष्ट्रिय जनमोर्चा अध्यक्ष जीवन राना, अनेम संघ क्रान्तिकारीकी अध्यक्ष कविता विश्वकर्मा, नेपाल महिला संघकी सदस्य अन्जु निरौला, अनेम संघकी अध्यक्ष ललिता गौतम, उत्पीडित जातिय मुक्ति समाजका कृष्ण नेपाली लगाएतको सहभागिता थियो । दलित महिला संघकी अध्यक्ष कमला बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ममता चँुदाराले गरेकी थिइन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग