Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युएईव्यापी भलिवल प्रतियोगितामा बागलुङको जीत (फोटो फिचर)

Published on 3:29:00 AM //


लालबहादुर ढेंगा, दुबई, युएई

दुबई । गत १९ अगस्त आइतबारका दिन दुबईको अलकुजस्थित बलदिया खेल मैदानमा बागलुङ सेवा समाज युएई अन्तर्गत खेलकुद समितिको आयोजनामा मुस्लिम धर्मालम्वीहरुको महान चाड ईदको अवसर पारेर युएईव्यापी भलिवल प्रतियोगिता सम्पन्न गरेको छ । उक्त भलिवल प्रतियोगितामा जम्मा २४ खेलाडी टिमहरुले आफ्नो नाम दर्ता गराएका थिए । जसमा सुरुदेखि नै कडा प्रतिस्प्रधाक रहेको खेलमा सेमीफाइनमा पुगेपछि बागलुङ सेवा समाज आयोजक टिमलाई १अंकको बिरुद्ध बागलुङ सेवा समाज केन्द्रीय टिमले जित हासिल गरेको छ।
उक्त भलिवल खेल प्रतियोगिताको अध्यक्षता बागलुङ सेवा समाज युएई अन्तर्गत खेलकुद समितिका खेलकुद अध्यक्ष देवबहादुर थापाको अध्यक्षता र प्रमुख अतिथिको रुपमा बागलुङ सेवा समाज युएईका अध्यक्ष गोपाल कंडेल रहेका थिए भने बिशेष अतिथिमा नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकाल रहेका थिए ।
त्यस्तैगरी अन्य अतिथिहरुमा नेपाली समाचार पाक्षिक पत्रिकाका प्रधान सम्पादक लालबहादुर ढेंगा, नेपाली एकता समाज युएईका अध्यक्ष मानबहादुर थापा, मगर संघ युएईका कोषाध्यक्ष उपेन्द्र राना, समाजसेवी कृष्ण भुसाल, समाजसेवी शिवराज जैसी, केन्द्रीय कोषाध्यक्ष पिताम्बर पाण्डे उपाध्यक्ष पूर्ण सापकोटा, उपाध्यक्ष कृष्ण केसी र फेवाफोर्स ग्रुपका अध्यक्ष गुप्तशेखर पौडेल रहेका थिए । केन्द्रीय सचिव केदारसिंह नेपालीको संयोजकत्वमा र उपाध्यक्ष पूर्ण सापकोटाको शुभकामना मन्तव्यका साथ अध्यक्ष कृष्ण ढकालले बल सर्विस गरि थालनी गरिएको खेलमा रेफरी (एम्पाएर)मा लामा शुब्बा र कमेन्ट्री भने रेशम सापकोटाले गरेको थियो ।
खेलमा भाग लिनका लागि आफ्नो नाम दर्ता गराउने खेलाडी टिमहरुमा दुबई प्रेन्स, जेवलअली फ्री जोन, अल नाडा ग्रुप घिसेश, लुलु लोजोस्टिक, प्रगतिशील युवा परिवार शारजाह, गोरखा सेवा समाज युएई, मगर समाज युएई, बागलुङ सेवा समाज केन्द्रीय समिति, ईन्टरनेशनल सिटी, स्याङ्जा आंधी खोला (ए), स्याङ्जा आंधी खोला (बी), स्याङ्जा आंधी खोला (सी), युएई मगर समाज स्याङ्जा, अल सिरावी सोनापुर, डुल्सको भ्यालेज, पाथिभरा माउण्ट एभरेष्ट युवा क्लब, दुबई ईन्टरनेशनल सिटी, अबुधावी रायल ग्रुप, रामदा होटल अजमान, आयोजक टिम (ए), आयोजक टिम (बी), म्याग्दी राखु, लाङघाली टिम स्याङ्जा र माउण्ट एभरेष्ट रहेका छन् ।
प्रतियोगितामा बागलुङ सेवा समाज केन्द्रीय टिम प्रथम भई १ हजार दिराम, कप, मेडल र प्रमाण–पत्र हासिल ग¥यो भने बागलुङ सेवा समाज आयोजक टिम द्धितीयको स्थान प्राप्त गरी ५ सय दिराम, कप, मेडल र प्रमाण–पत्र हात पारेको छ । त्यस्तैगरी स्याङ्जा आंधी खोला (सी) तृतीयको स्थान हासिल गरि २ सय दिराम, कप, मेडल र प्रमाण–पत्र जित्नमा सफलता पाएको छ । अन्य उत्कृष्ट खेलाडीमा पइयु खोला पर्वतबाट किसान थापा, वेस्ट सटरमा लाङघाली टिम स्याङ्जाबाट निर्मल विस्वा र वेस्ट रेजरमा बागलुङ सेवा समाज आयोजक टिमबाट सुरेश काउंछा रहेका छन् ।
विजय हुने टिम र उत्कृष्ट खेलाडीहरुलाई समाजका अध्यक्ष गोपाल कंडेल र उपाध्यक्ष कृष्ण केसीले पुरस्कारहरु वितरण गर्नु भएको थियो । यस प्रतियोगितामा विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्तिहरु केदारसिंह नेपाली, पिताम्बर पाण्डे, पूर्ण सापकोटा, कृष्ण केसी, रेशम सापकोटा, तेजिन्द्र खरेल, देवबहादुर थापा, नविन छन्तयाल, किरान थापा, बलराम सापकोटा, गणेश आचार्य र प्रकाश आचार्यलाई अध्यक्ष तथा प्रमुख अतिथिले बिशेष धन्यबाद दिनु भएको थियो ।






भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग