Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अमरलाई बचाउन हातेमालो गरौँ, पल-पल मरिरहेको मान्छेलाई नयाँ जीवन दिऔँ

Published on 9:28:00 PM //

बिगत दशबर्ष देखी दुबईमा मृत्‍यु दण्ड सुनाईएका एक नेपाली अहिले पनि जीवन रक्षाको पुकार गरीरहेका छन । दुई भारतीय नागरिकले गरेको अपराध दर्चुलाका अमर बहादुर बमलाई समेत बनाईएको छ । दुबईको अदालतले अमरलाई मृत्‍युदण्ड सुनाएको छ । उनको मुद्दा पुनराबेदन गरिए अदालतले उनलाई दिईएको मृत्‍यु दण्डको सजाँयमा पुनर्बीचार गर्न सक्छ । यसका लागि दुबइ अदालतमै मुद्दा पुनराबेदन गर्नुपर्ने हुन्छ । सो प्रकृयामा लाग्ने खर्च भने अमरका परिवारले धान्न सक्दैनन । निर्दोष एक नेपाली अनाहकमा मृत्‍यु दण्डको सजाँय भोग्न नपरोस भन्ने उद्देश्यका साथ अमर बचाउ राहत कोष स्थापना गरेर उनको रिहाईको पहल थालेको छ ।

एउटा निर्दोश युवाको जीवन रक्षा गर्ने अभियानमा देश-बिदेशमा रहेका बिभिन्न संघ सँस्था, ब्याक्ती र समुहहरु लागिरहेका छन । अहिले बिस्तारै सहयोगी हातहरु थपिँदै छन । हामी पनि आफ्नो सामाजिक दायित्व बोध गर्दै हिमालय टिभिसँग सहकार्य गरी अमर बचाउ अभियानमा सामेल हुने निर्णय गरेका छौँ । गुल्मीन्युज डट कमका केही पाठकहरुले पनि यस् अभियानमा सामेल भई अमरलाई नयाँ जीवन दिलाउन पहल गर्ने संकल्प गर्नु भएको हुँदा गुल्मीन्युजले पनि यो अभियान थालेको हो । गुल्मीन्युज डट कमले ५० युरो र स्थानिय युवा ब्यवसायी लक्ष्मण भण्डारीले ५० युरो गरी जम्मा १०० युरो सङ्कलन गरेर थालिएको यस अभियान मार्फत अमर बचाउ राहत कोषको लागि सहयोग रकम हस्तान्तरण गर्न चाहनेहरुले तलको बैंक खातामा आफुले चाहेको सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ । फिन्ल्यान्ड र अन्य युरोपेली मुलुकहरुबाट तल उल्लेखित खातामा पैसा जम्मा गर्दा कुनै चार्ज लाग्ने छैन । बैंक डिपोजिटका अलावा तपाईं पेपाल मार्फत र फिन्ल्यान्डमा रहनुहुने पाठकहरुले फोन संपर्क मार्फत पनि सहयोग उपलब्ध गराउन सक्नुहुनेछ । यसरी तपाईंहरुले सहयोग स्वरुप जम्मा गर्ने रकम एकमुष्ट गरी अमरको सजाँय पुनर्बिचारको लागि मुद्दा लड्न खडा गरिएको अमर बचाउ कोषमा जम्मा गरिनेछ । त्यसैगरी सहयोगीहरुको नाम र सहयोग रकम गुल्मीन्युज डट कम र अन्य संचार मध्यामहरुमा पनि राखिनेछ । त्यसैगरी यो पोस्टलाई सामाजिक सन्जालहरुमा सेयर गरेर पनि तपाईं यस् अभियानमा सामेल हुन सक्नुहुनेछ ।

सम्पर्क ब्याक्तीहरु: 
लक्ष्मण भण्डारी,  फोन: ०४४०९०४८०५ 
सन्जु काउछा मगर, फोन: ०४४२०२१३८५ 
(बिदेशबाट फोन गर्न फिन्ल्यान्डको कन्ट्री कोड ००३५८ हान्नुहोला)


बैंक ट्रान्सफर वा बैंक डिपोजिटको लागि: 
Account Number: FI6312483500083591
Beneficiary Name: Laxman Bhandari
Bank Name: Nordea Bank Finland Plc
Swift code (if needed):  NDEAFIHH

पेपाल मार्फत रकम उपलब्ध गराउन: 
magar.magar079@gmail.com


सिधै नेपालमै रकम जम्मा गर्न: 
अमर बचाउ राहत कोष 
KIST Bank
Account Number: 05033CA


अमर पक्राउ परेको खबर लामो समय सम्म पनि कसैले थाहा पाएन । नेपालमा उनको परिवार उनी आउने आशामा दिन काटिरहेको थियो । तर अमर भने दुबई कारागारको चिसो छिँडिमा आफ्ना दिनहरु बिताइरहेका थिए । अमर बहादुर बम मृत्‍यु दण्डको सजाँय पाएर दुबई कारागारमा रहेको यकिन भएपछी उनको जीवन रक्षाको लागि हिमालय टिभीले अमर बचाउ अभियान थालेको हो । सरकारले कुटनितिक पहल गर्ने हो भने अहिले पनि अमरले नयाँ जीवन पाउन सक्छन तर नेपाल सरकारले पहल नगर्ने हो भने उनलाई दुबइ सरकारले जुनबेला पनि मृत्‍यु दण्ड दिन सक्दछ । उता दुबई कारागारमा भने अमर सपनामा पनि मृत्‍यु दण्ड दिएको मात्र देख्छन । कहिले गोली हानेको त कहिले झुण्डाईएको सपनाले उनलाई अत्याई रहन्छ । त्यसैले अमर हजार पटक मर्दै बाँच्दै गरिरहेका छन । अमरके श्रीमती र आफन्त काठमाडौं आएर राष्ट्रपती र प्रधानमन्त्रीलाई भेटेर आफ्न सबै गुनासा राखिसकेका छन । अमरकी श्रीमती र बुवाले राष्ट्रपती र प्रधानमन्त्रीसँगबाट अमरको जीवन रक्षाको लागि पहल गर्ने आश्वासन त दिएका छन तर यत्रो समय बितिसक्दा पनि उनिहरुले कस्तो पहल गरिरहेका छन केही अत्तो पत्तो छैन । नेपाली दुताबासले आफ्नो तर्फबाट पहल गरे पनि अमरको पक्षबाट मुद्दा लडिदिने कोही नहुँदा उनले न्याय पाउन सकिरहेका छैनन । कानुनी पहलबाट मुद्दा पुनर्बिचार गर्ने हो भने शायद उनले नयाँ जीवन पाउने थिए होला ।      

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग