Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी-रुद्रवेणी सडक सुचारु

Published on 10:40:00 PM //


जनार्दन घिमिरे
गुल्मी, २७ साउन । अविरल वर्षाको कारण पहिरो जाँदा गत दुईदिनदेखि अवरुद्ध वनेको गुल्मीको रिडी-रुद्रवेणी सडक खण्ड आजदेखि संचालनमा आएको छ । रिडी-रुद्रवेणी सडक खण्ड अन्तर्गत रुरु गाविस ३ स्थित पुलक्याम्प र ग्वादी गाविस ५ स्थित साँघुरेमा पहिरो खस्दा उक्त सडक अवरुद्ध वनेको थियो । सडक अवरुद्ध वनेपछि अहिले त्यस क्षेत्रमा सवारी साधनहरु संचालनमा आएका छन् । दिनहुँजस्तो उक्त ठाउँमा सडक अवरुद्ध हुँदै हुँदा यात्रुहरुले समस्या भोगिरहनु परेको ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरिक्षक विनीमहादेव पौडेलले जानकारी दिनुभएको छ ।
वर्षाका कारण सडक भत्किनुका साथै पहिरो गएका कारण गुल्मी जिल्लाका अधिकांस ग्रामिण क्षेत्रका सडकहरु भने गत तीन सातादेखि अवरुद्ध वनेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग