Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मेली जनजातिहरुको नेतृत्वमा सराङकोटी

Published on 5:55:00 PM //


प्रेम सुनार
साउन २७, गुल्मी – नेपाल आदिवासी जनजाति महासंघ गुल्मीको हालै सम्पन्न अधिवेसनले हिरासिंह साराङ्कोटीलाई सर्वसम्मत नेतृत्वमा चयन गरेका छ । शिक्षण पेशामा रहि लामो समयदेखि आदिवासी जनजनतिहरुको हकहितको पक्षमा काम गर्दै आउनु भएका सारङकोटीको अध्यक्षतामा महाधिवेसनले ८ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।
उपाध्यक्षमा गनबहादुर गुरुङ्ग, सचिव कमला पुन, सह–सचिव सिता राना कुमाल, कोषाध्यक्षमा वोमबहादुर छन्त्याल, सदस्यहरुमा देवबहादुर घर्ति, प्रेमबहादुर मुखिया र डिलबहादुर माझीलाई चयन गरेको छ । नेतृत्व तिन वर्षपछि परिवर्तन गरिएको हो । “यस पुर्व अध्यक्ष वालसिंह काउछाले महासंघलाई झुझारु नेतृत्व प्रदान गरी आजको स्थानमा ल्याएकोमा नव गठित कार्य समितीले उहाँलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि उहाँबाट अभिभावकिय भुमिका पाई नै रहने अपेक्षा समेत गरेको छ”, नव निर्वाचित अध्यक्ष सारङकोटीले बताउनु भयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग