Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आँपचौर सेवा समिति जापानद्वारा स्व. खरेल परिवारलाई आर्थिक सहयोग

Published on 11:48:00 PM //


टोकियो,  गुल्मी आँपचौर सेवा समिती जापानले हालै एक कार्यक्रमको आयोजना गरी यही अगस्त ६ तारिखका दिन जापानको टोकियोस्थित आराकावा कुमा असामयिक निधन भएका स्व. खीमानन्द खरेलको सम्झनामा शोक तथा समावेदना प्रकट गरेको छ ।  कार्यक्रममा मृतात्माको चीर शान्तिको कामनासहित परिवारलाई दुखद घडीमा धैर्य धारण गर्नै शक्ति मिलोस भनि प्रार्थना पनि गरिएको थियो ।
छ वर्ष अगाडि कुक भिषामा जापान आएका स्व. खरेल जापान आएदेखि एक पटक पनि घर फर्केका थिएनन् ।
गुल्मी आँपचौर सेवा समिति जापानको पहलमा स्व. खरेलको लागि ३९२,५०० जापानी येन संकलन गरिएको थियो । उक्त रकममा दाह संस्कार र समवेदना खर्च गरी १९१,५०० खर्च भएको र २०,१००० येन वाँकी रहेको आर्थिक विवरणलाई समितिले अनुमोदन गरेको छ । समितिले वाँकी रहेको उक्त रकम स्व. खरेलकी आमालाई पठाउने निर्णय गरेको छ । स्व. खरेलकी आमा जापानबाट फर्केकाहरु जो कोहीलाई पनि मेरो छोरालाई एक पटक घर पठाइदेउ भन्ने आगह गर्ने र रुने गरेको तर आफूहरुले वहाँको त्यो इच्छा पुरा गर्न नसकेता पनि समितिले सानो सहयोग पठाउने निर्णय गरेको हो । स्वार्गिय खरेलको वुवाको पनि १३ महिना अघि मात्र निधन भएको थियो ।
कार्यक्रममा गुल्मी आँपचौर सेवा समिति जापानको आग्रहलाई स्वीकार गरी आर्थिक सहयोग गर्नुहुने महानुभावहरुलाई धन्यवाद प्रकट गर्दै सहयोगदाताहरुको नामवली समेत परिवारलाई पठाउने निर्णय गरिएको छ ।
समितिले पार्थीव शरीरको व्यवस्थापन र अन्तिम संस्कार गर्न अभीभावकीय भूमिका निर्वाह गर्नुहुने गुल्मेली समाजका अग्रजहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ भने स्व. खरेलको अन्तिम संस्कारमा श्रद्धान्जली दिन पाल्नुभएका समाजसेवी, शुभचिन्तक, दाजुभाई, राजनैतिक संस्थाका पदाधिकारी, एन.आर.एन. जापानका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, पत्रकार लगायत महिला दिदीवहिनीहरुलाई समेत धन्यवाद ज्ञापन गरिएको छ ।
संस्थाका अध्यक्ष्य कुलचन्द्र खरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि गुल्मेली समाज जापानका सल्लाहकार देवी गौतम रहनुभएको थियो भने महेन्द्र अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो । समुन्द्रपारी डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग