Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गामा पव्लिक क्याम्पस प्रध्यापक संघ इकाई समिति गठन

Published on 7:59:00 PM //


अनिल खत्री
गुल्मी, भदौ ११ । गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा वहुमुखी क्याम्पसमा पव्लिक क्याम्पस प्रध्यापक संघ इकाई समिति गठन गरिएको छ । सोमबार सदरमुकाम तम्घासमा सम्पन्न निर्वाचनवाट उपप्रध्यापक ढुण्डीराज पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा हरि केसी, सचिवमा वुद्धराज न्यौपाने, उपसचिवमा अशोक कुमार पाण्डेय, कोषाध्यक्षमा विष्णुध्वज पन्थी रहनुभएको छ । त्यसैगरी समितिको सदस्यहरुमा दिन पन्थी, यम वहादुर थापा क्षेत्री, भुवनप्रसाद अर्याल, पदम प्रसाद पाण्डेय, कुञ्जरमणि गौतम र शिवलाल खनाल र हनुभएको छ ।
कार्यसमितिका सवै सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत चनक कुँवरले जानकारी दिनुभयो । तर प्रगतिशिल प्राध्यापक संगठनले भने आफ्नो समानुपातिक प्रतिनिधित्व नभएको भन्दै विरोध जनाएको छ । प्रेश विज्ञप्ति निकालेर पेशागत हितको मर्म विपरित हुने गरी राजनैतिक हित र पकड निर्माण गर्ने गरी निर्वाचनमा देखिएको हेपाह र पेलाहा प्रवृत्तिको विरोध गर्दै निर्वाचनलाई वहिष्कार गरेकोे जनाएको छ । प्रगशिल प्रध्यापक संगठनका अध्यक्ष गोविन्द गौतमद्धारा हस्ताक्षरित विज्ञप्तिमा प्रध्यापकहरुको प्रतिनिधित्व हुने हरेक ठाउँमा समानुपातिक प्रतिनिधित्वको लागी जोडदार माग गरिएको छ ।  

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग