Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्राध्यापक संघ एक पक्षिय भएको भन्दै बिरोध

Published on 8:00:00 PM //


घनश्याम गौतम
गुल्मी, भदौ १२ । रेसुंगा बहुमुखी क्याम्पस ईकाई समिति गठन प्रकृया एक पक्षिय भएको भन्दै नेपाल प्रगतिशिल प्राध्यापक संगठनले बहिस्कार गरेको छ ।
संगठनका क्याम्पस ईकाई अध्यक्ष गोविन्द गौतमले मंगलबार विज्ञप्ती जारी गर्दै प्रध्यापकहरुको पेशागत हितको मर्म विपरित हुने गरी राजनीतिक हित र पकड निर्माण गर्ने गरि गरिएको निर्वाचन प्रकृया नै बहिस्कार गरेको जनाएको छ । ‘प्राध्यापकहरुको पेशागत हितको मर्म विपरित हुने गरी राजनैतिक हित र पकड निर्माण गर्ने गरी गरिएको हेपाहा र पेलाहा प्रबृत्तिको बिरोध गर्दछौं’, विज्ञप्तीमा उल्लेख छ, ‘साथै प्राध्यापकहरुको प्रतिनिधित्व हुने हरेक ठाउँमा समानुपातिक प्रतिनिधित्वको लागि माग गर्दछौं ।’
क्याम्पस प्रशासनले मंगलबार प्राध्यापक ढुण्डिराज पोखरेलको अध्यक्षतामा ११ सदस्यीय रेसुंगा बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाई समिति गठन गरेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग