Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्र.अ.ले रजिनामा दिएपछी तीन दिन देखी बन्द बिद्यालय सुचारु

Published on 12:52:00 AM //


विष्णु पौडेल
गुल्मी भदौ ८ । विद्यार्थीको आन्दोलनका कारण तीन दिनदेखि वन्द गुल्मीको मुसीकोटमा रहेको खस्तोक माध्यामिक विद्यालय शुक्रबारदेखि सञ्चालनमा आएको छ । विद्यार्थीको मागका विषयमा लिखित सहमति भएपछि विद्यालय सञ्चालन भएको विद्यालय श्रोतले जनाएको छ । अंग्रेजी विषय शिक्षकको माग गर्दै विद्यार्थीहरुले मंगलवार विद्यालय प्रशासनमा तालवन्दि गरेका थिए । आन्दोलनरत विद्यार्थीका प्रतिनिधी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक सहितको संयुक्त भेलामा विद्यार्थीका मागमा विद्यालय प्रशासन सकरात्मक वनेपछि विद्यालय सुचारु भएको हो ।
विद्यार्थीको माग अनुसार शुक्रबारै प्रधानाध्यापक तुलवहादुर कार्कीले राजीनामा दिनुभएको छ । विद्यालयको प्रशासनिक कार्य चुस्तदुरुस्त नभएको भन्दै विद्यार्थीहरुले प्रध्यानाध्यापक कार्कीको राजीनामा माग गरेका थिए । उहाँको सट्टा अव विद्यालयको प्रधानाध्यपकको जिम्मा शिक्षक गणेश खड्कालाई दिईएको छ । यस्तै विद्यार्थीको माग अनुसार  भदौ १० गतेसम्म अंग्रजी विषयको शिक्षक नियुक्त गर्ने विषयमा पनि विद्यालयले सहमति जनाएको छ ।
यसै वर्षवाट एसएलसी परिक्षामा सहभागी हुन लागेको विद्यालयमा केही दिनदेखि माध्यमिक तहमा अंग्रेजी विषयको शिक्षक नहुँदा पढाई प्रभावित भएको विद्यार्थीहरुले वताएका छन् । अंग्रेजी विषयको शिक्षक तत्काल व्यवस्था गर्नुपर्ने, प्रधानाध्यापक तुल वहादुर कार्कीले राजीनामा दिनुपर्ने, प्रशासनिक कार्य चुस्त दुरुस्त हुनुपर्ने माग राख्दै माध्यामिक तहमा अध्ययनरत  विद्यार्थीहरुले मंगलवार देखि विद्यालयको प्रशासनमा तालावन्दि गरेको स्थानीय शिक्षक कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग