Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

केटी पट्याउन नक्कली डाक्टर बन्ने युवक पक्राउ (भिडियो समाचार)

Published on 9:23:00 PM //

बुटबल, ९ भदौ । होस् गर्नुहोस्, एप्रोन र घाँटीमा स्टेथेस्कोप लगाउने व्यक्ति नक्कली डाक्टर पनि हुन सक्छ । रुपन्देहीको देवदह मेडिकल कलेजमा शुक्रबार यस्तै विरामी जाँच्दै गरेका डाक्टर नक्कली ठहरिएका छन् । आफूले मनपराएकी युवतीसँग विवाह गर्न नक्कली डाक्टर बनेर बिरामीको उपचारमा गर्ने एक युवक दुई सहयोगीसहित पक्राउ परेका छन् । डाक्टरलाई सजिलै छोरी दिने सामाजिक मान्यताको फाइदा उठाउँदै अभिभावकका अगाडी आफु डाक्टर भएको प्रमाणित गर्न नवलपरासी रामग्राम ४ का लक्ष्मण शर्माले ‘डाक्टर’को नाटक गरेको खुलेको हो । आफुले मागेको युवतीका अभिभावकसँग आफु डाक्टर भएको बताए पनि उनीहरुले नपत्याएपछि शर्माले अस्पतालमै गएर बिरामीको स्वास्थ्य परीक्षण गरेका हुन् !
शुरुमा बिरामी बनेर मेडिकल कलेजमा छिरेका उनीहरु डाक्टरको पोशाक लगाई ब्ल्डप्रेसर नाप्ने उपकरणसहित अन्य विभिन्न उपकरण लिएर बिरामी उपचार गर्ने वार्डहरुमा छिरेर स्वास्थ्य जाँज गर्न थालेपछि त्यहाँ कार्यरत कर्मचारी तथा नर्सहरु अलमल्ल परेका थिए । अस्पतालमा नयाँ डाक्टर आएको बारेमा सोधखोज गर्दा कोही नआएको भन्ने जानकारी आएपछि नक्कली डाक्टर भएको आशंकामा अस्पतालले प्रहरीलाई खबर गरेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग