Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सिमिचौर स्थित निर्माणाधिन विमानस्थललाई २ करोड, झिनो आशा अझै बाँकी

Published on 8:54:00 AM //


प्रेम सुनार
गुल्मी, भदौ ५ । लामो समयपछि अलपत्र जस्तै बनेको सिमीचौरको थालेमाले स्थित रेसुङ्गा विमानस्थलमा पर्यटन मन्त्रालय अन्तर्गत नागरिक उड्डयन प्राधिकरणबाट २ करोड रुपैयाँ बजेट परेको जानकारी प्राप्त भएको छ । सो मन्त्रालयका सह-सचिव लोकबहादुर खत्रीले उक्त विमान स्थलको अध्ययन अवलोकन भ्रमणका क्रममा यस्तो जानकारी गराउनु भएको हो । विमानस्थल नजिकै दुविचौर स्थाई घर भएका सह-सचिव खत्रीले आर्थिक वर्ष ०६९–०७० बाट लागु हुने गरी सरकारले २ करोड रकम विनियोजन गरेको बताउनु भयो । लामो समयदेखि वहुप्रतिक्षित सिमिचौर विमानस्थल अव भने छिट्टै बन्ने आशा पलाएको समितिका सचिव अशोक थापाले बताउनु भयो । गत वर्ष परेको ३८ लाख रकमबाट सुरु गरिएको काम अन्तिम चरणमा पुगेको उपाध्यक्ष श्री प्रशाद भलामीले जानकारी दिनु भयो ।
भ्रमणका क्रममा अत्यन्तै खुशी मुद्रामा देखिनु भएका सह-सचिव खत्रीले यो विमानस्थल निर्माणमा वर्तमान सरकार गम्भिर भएको र समितिको पहल पनि निकै बढेको बताउनु भयो । उक्त विमानस्थल २०६३ सालदेखि सुरु भएपनि काम अगाडी बढ्न सकेको थिएन । तर केहि महिना अघि जिल्ला स्तरिय निर्माण समिति गठन भएपछि भने उक्त कार्यले तिव्रता पाएको हो । समिति सर्वदलिय छ र काम गर्न सक्ने खालका नेताहरु रहेका छन् । समितिमा एमाले उपाध्यक्ष मधुकृष्ण पन्त, कांग्रेस महाधिवेशन प्रतिनिधी श्रीप्रसाद भलामी र एकिकृत नेकपा माओवादी राज्य समिति सदस्य अशोक थापा लगाएत रहेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग