Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जागिर छाडेर खेतिमा, लाखौँको आम्दानी

Published on 3:27:00 PM //


प्रेम सुनार
गुल्मी, भदौ ६ । जागिरमा छँदा बिहान ८ वजेसम्म विस्तरा नछाड्ने गुल्मी अमपुरका ठाकुर प्रसाद पन्थी जागिर छाडेर व्यवसायिक कृषिमा लागेपछि भालेको डाँकोसंगै उठ्नु हुन्छ र तरकारीवारी, कुखुरा फारम र माछा पोखरीमा धुनीलुख्री गर्न पुग्नु हुन्छ ।
जागिरे जिवनताका पन्थीमा वैँस उमेर हुँदा पनि अल्छीपना थियो तर अहिले बुढेसकालमा ठिटाहरुमा भन्दा बढि जाँगर पलाएको छ र शरिर स्वास्थ्य समेत भएको छ । गुल्मीकै धुर्कोटरजस्थल ४ बाट अमरपुर २ स्थित बेसीखेतमा बसाई सराई गर्नु भएका पन्थी खाद्य संस्थानमा जागिरे हुनुहुन्थ्यो । जागिर छाडेर २०६० सालदेखि त्यसै खेतमा परम्परागत खेती छाडेर पन्थीले आधुनिक र ब्यवसायिक तरकारी खेती सुरु गरेपछि जागिर र परम्परागत खेतीबाट भन्दा चौगुना आम्दानी लिएको बताउनु हुन्छ ।
लटरम्म फलेका वेमौसमी टमाटर, आलु, प्याज, लसुन, खुर्सानी, काउली वन्दगोबी लगायत विभिन्न मौसमका तरकारी खेती, कुखरा फारम र माछा पोखरीमा उफ्रिने ति रहर लाग्दा माछा देख्दा त्यहाँ पुग्ने जो कोहि शहरियालाई शहर र जागिरेलाई जागिर भर्खरै छाडेर गाउँ फर्कि खेतीपाती मैं रमाउँ जस्तो लाग्छ ।
घर छेउँ कलकल बगिरहने खोला, बाह्रैमास सिंचाई । पन्थीको घरवरीपरी तरकारीदेखि अनेक फलफुल र डाले घाँसको हरियालीले त्यो कुनै साधारण मानिसको घर बगैंचा नभएर परापुर्वकालमा राजा महराजा, ऋषिमुनीहरुको आश्रयस्थल वरीपरीको वगैँचा जस्तै लाग्छ ।

के छैन उहाँको घरमा ?
एउटा परिवारले उपभोग गर्ने सबैथोक छ, जुन पन्थीले वजार पुर्‍याउनु हुन्छ र अन्य परिवारलाई पनि थेगेको छ । उत्पादित सवै वस्तुले उचित वजार पाएन पन्थी भन्नु हुन्छ “वजारको उचित व्यवस्था भईदिए अरु विस्तार गर्ने मन थियो ।” अहिले उहाँको वजार सिमलटारी, धनार्जे, अमरपुर हाट वजार हो । आलु प्याज लसुन सदरमुकाम तमघास सम्म आउछ तर अन्य वस्तु यातयात र ढुवानीको समस्याले आउन सकेको छैन ।
जागिरमा छँदा छोरा छोरी एसएलसीसम्म पनि पढाउन मुस्कील देख्नु भएका पन्थीले यतिवेला त्यसै खेतिको आम्दानीबाट दुई छोराहरुलाई काठमाण्डौमा डिग्री पढाउँदै हुनुहुन्छ भने नातीलाई वोर्डिङ्ग स्कुल पठाउनु हुन्छ । पाण्डे भन्नु हुन्छ, “छोराछोरी पढाउन सकिन भन्दै विदेश जाने कतिपय पुरुष घर आउँदा न श्रीमति न पैसा भएका छन्, यस्तै खेती गरे किन जानु पर्‍यो विदेश ?" उहाँले थप्नु भयो– ‘मैले छोराछोरी पढाएर अन्य घर खर्च कटाएर पनि वार्षिक २ देखि अढाई लाख सम्म आम्दानी वचाउने गरेको छु, जुन रकम त्यतिका वर्ष जागिर गर्दा पनि बचाउँन सकिन ।” उहाँका सुझाव थियो –“आफ्नै जमिन चाँहिन्छ भन्नु छैन अरुको जमिन लिजमा लिएर पनि मनग्य आम्दानी लिन सकिन्छ , खानु पर्दैन जागिर - जानु पर्दैन विदेश ।”

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग