Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अचम्म: १३ हजारमा किनेको भैंसीले ब्याएको ७ वर्षदेखि लगातार दुध दिईराछ

Published on 6:55:00 AM //


प्रेम सुनार
गुल्मी, भदौ ५ । सात बर्ष भयो भैसीले न राँगो खोज्छ न त दुध नै छोडाउँछ । नकोखमा पाडो–पाडी छ, न त्यो भैंसीलाई आम मान्छेको घरको भैसीलाई भन्दा बैग्लै खान्की र सुसार छ तर पनि उसले व्याएको ७ बर्ष देखी लगतार दुध दिई नै रहेको छ ।
यो अचम्मको भैँसी पाल्ने कुनै दुरदराज गाउँका कृषक हुनुहुन्न यसै गुल्मीको सदरमुकाम तमघास बजारका गन्ने–मान्ने व्यवसायि मध्यका एक भेषराज पान्डेय हुनुहुन्छ । तमघास ९ कुँडापानीबाट २०५० सालमा १३ हजार रुपैयाँमा त्यो भैसी किन्दा महँगो हालिस् भनेर पाण्डेलाई छिमिकीले खिसी टिउरी पनि गरे, उहाँको मन पनि खिन्न भयो तर अहिलेसम्म त्यस भैसीले कम्तीमा पनि साढे ४ लाख रुपैयाँ आम्दानी दिंदा पाण्डेले “देख्यौ मैले माल नचिनी त्यसै पैसा हाल्छु ?” खिसिटिउरी गर्नेहरुले पाण्डेबाट अहिले यस्तै शब्दको झापड पाउने गरेका छन । पाण्डेय पत्नी पम्फा भन्नु हुन्छ - “६ वेत ब्यायो अघिल्लो वेतसम्म लगतार ६ माना दुध दिन्थ्यो, पछिल्लो वेतदेखि भने बिहान ४ माना, साँझ ४ माना दिन थाल्यो । पछिल्लो पटक २०६२ साल असोज ६ गते व्याएको थियो, अव आउने असौज ६ गते ठ्याक्कै ७ वर्ष पुग्छ, दुध छोडाएन, हुँदा पनि भएन ।”
भैंसी यस्तै किन्नु, दाम हाल्नु धन्दा नबेसाउनु: फम्फा भैंसी दुहुँदै । तस्बिर: प्रेम सुनार
“उहाँ (श्रीमान) पसलतिरै ब्यस्त, यसको स्याहार–सुसारमा मेरो दिन जान्छ", फम्फाले भन्नुभयो, “यो त मेरो साथी नै बनेको छ । डेढ बर्ष अघिसम्म लगातार ४ माना दिन्थ्यो तर जव एकचोटी काँचो चामल खान दियौं तबदेखि अहिलेसम्म २ माना दिन्छ । ६ वेतदेखि अहिल्लेसम्म यस भैँसीले दिएको आईस्ताको हिसाव गर्दा कम्तीमा पनि साढे ४ लाख आम्दानी भएको छ ।"  उँहाले थप्नुभयो, "यस्तो गुनिलो भैसी त अव कहाँ पाईएला र ?”
आम भैंसी जति कै ठुलो र टन्न मोटो उक्त भैसी दाँसीकोटे जातको हो । “ब्याएदेखि शा गएन, दुध चाँहि दिईरहेको छ अझै कति वर्ष दिने हो?" तर पनि लोभको भाँडो नभरिने, "फेरी ब्याएर अलि धेरै
दुध दिन नसकेकोमा बेचेर अर्को ल्याउँकी जस्तो लागेको छ”, पाण्डेले भन्नुभयो ।
उहाँहरुले एउटा भन्दा बढि भैसी कहिल्लै पाल्नु भएन । बरु बढि दाम हाल्ने, भैसी चाँहि यस्तै गुनिलो खोज्ने र एउटा मात्रै पाल्नु पर्ने सुझाव छ उहाँको । साधारणतः पहाडीया भैंसीले बढिमा डेढ बर्ष दुध दिन्छन् । कृषि तथा पशुपालनको क्षेत्रमा लामो समयदेखि ब्यवहारिक ज्ञान हाँसिल गर्नु भएका र यतिवेला आधुनिक कृषि र पशुपालन व्यवसाय अंगाल्नु भएका नेकपा– माओवादी गुल्मीका अध्यक्ष विरबहादुर कार्की भन्नुहुन्छ “यति लामो समयसम्म दुध दिने भैसी त मैले देखे–सुनेको छैन, यो त एउटा आश्चर्य नै हो मेरा लागि।”
स्थानियवासीले पनि आश्चर्यकारुपमा लिदै पत्यार नलागेर पाण्डे परिवारले दुध दुहन लागेको बेला हेर्न जाने र त्यस्तै गुनिलो भैसी कहाँ पाईला भनेर सोधपुछ गर्न थालेका छन् । तपाईले पनि हुँदा न
खाँदाका जथनामा डिँगा–भंैसी भकाराभरी थुपार्नु भन्दा यस्तै एउटा गुनिलो भैसी पालेर कम दुखः लगानीमा पाण्डे परिवारले झैँ मनग्य फाईदा लिने की ?

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग