Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भाउ बढाएर बेच्न पाउनुपर्ने माग गर्दै तम्घासका मासु पसल बन्द

Published on 3:58:00 PM //


प्रेम सुनार
गुल्मी, भदौ १३ । मासु व्यवसायि संघ गुल्मीले कुखुराको मासु पुरानै दर–रेटमा बेच्न पाउनुपर्ने माग राख्दै बुधवारदेखि सदरमुकाम तमघासका सबै कुखुरा मासु पसल बन्द गरेको छ ।
२ सय ५० प्रतिकेजि बेचिदै आएको मासु २ सय ४० सम्म पनि बेच्यौ तर दाना, चल्लाको महंगीसँगै पर्ता नै नउठ्नै नदेखेपछि हामी प्रतिकेजि २ सय ८० रुपैयाँ दररेट कायम गर्न बाध्य भएका थियौँ मासु व्यवसायि संघ गुल्मीका अध्यक्ष खड्ग श्रेष्ठले भने प्रशासनले दर कम गरेर बेच्न दवाब सिर्जना गरेपछि मासु पसल बन्द नै गर्न बाध्य भएका छौं । होटल व्यवसायिहरुको आग्रहमा प्रशासनले यस्तो दबाब सिर्जन गरेपछि १८ गते बस्ने भनिएको बैठकसम्म बन्द गर्ने निर्णय गरेको उनले जानकारी दिए । केहि महिना अघिसम्म दानाको मूल्य १५ देखि १६ सम्म थियो श्रेष्ठले भने अहिले झण्डै २५ सय प्रतिबोरा भइसक्यो, त्यस्तै १ सय १० रुपैया प्रतिकिलो जिउँदो कुखुराको मूल्य यतिबेला १ सय ६० देखि ६५ सम्म पुगेको छ त्यसैले हामी दर कम गर्न नसक्ने अवस्थामा छौं उनको भनाई थियो । उपभोक्ताहरुले भने ह्वात्तै बढाईएको मूल्यप्रति असन्तुसिट ब्यक्त गरेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग