Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा रेविज लागेका कुकुरको बिगबिगी, साढे ६ सय कुकुरलाई सुई लगाईयो

Published on 3:59:00 PM //


प्रेम सुनार
गुल्मी, भदौ १३ । गत केहि महिना यता गुल्मीका एक दर्जन भन्दा बढी गाविसहरुमा रेविज रोग लागेका कुकुरहरुको बिगबिगी बढेको जिल्ला पशुसेवा कार्यालय गुल्मीले जनाएको छ ।
सो कार्यालयका डाक्टर महेन्द्र मल्लले दिएको जानकारी अनुसार ति एक दर्जन गाविसहरुमध्ये ६ सय २२ वटा कुकुहरुलाई रेबिज विरुद्धको भ्याक्सीन सुई दिईसकिएको छ । यसरी रेविज लागेका कुकुरहरुको बिगबिगी बढेका गाविसहरुमा अस्लेवा, जोहाङ्ग खैरेनी, म्यालपोखरी, पुर्कोटदह, इस्मा, घमिर, अमरपुर, दर्लमचौर, हस्तिचौर, बलिथुम, मझुवा, भनभने र तमघास रहेका छन् ।
तमघासका कुकुरहरुलाई जिल्ला प्रशासनमा बसेको बैठकले उद्योग बाणिज्य संघ र तमघास गाविसको समन्वयमा सुई दिने र ति कुकुरहरुलाई सदरमुकाम बहिर्गमनको ब्यवस्था मिलाउने निर्णय भएको डा. मल्लले जानकारी दिनुभयो । रेबिज रोग लागेका कुकुरहरुले टोक्दा जोहाङ्ग खैरेनी, अस्लेवा, बलिथुम र तमघासमा केहि चौपायहरु मरिसकेका छन् । त्यस्ता कुकुरहरुले मानिसहरुलाई टोकेको खण्डमा बाँच्ने सम्भावना कम हुने भन्दै डा. मल्लले सवैलाई सजग हुन र रेविज रोगको लक्षण फेला परे कार्यालयलाई सुचित गर्न आग्राह गर्नु भएको छ

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग