Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अन्तिम दिन विद्यालय नखोलेको भन्दै ताला बन्दी

Published on 6:18:00 PM //

प्रेम सुनार
गुल्मी, भदौ १० । शिक्षक उम्मेदवार आव्हान सम्वन्धी विज्ञापनको अन्तिम दिन विद्यालय नखोलेको भन्दै स्थानीय केहि युवाहरुले सरस्वती माध्यामिक विद्यालय नेटा–३, थामडाँडा गुल्मीमा तालाबन्दी गरेका छन् ।
अंग्रेजी र सामजिक विषय शिक्षकका लागि हिजो शनिवार अन्तिम दिन सो विद्यालय खोल्नु पर्नेमा नखोलेको भन्दै विद्यालयमा ताला बन्दी गरिएको त्याँबाट चिरञ्जीवि कें .सी.ंले जानकारी दिए ।
उता प्रधानध्यापक भिमलाल घिमिरेले भने आफु पाल्पामा रहेकोले जानकारी नभएको बताए । "विज्ञापन मितीको अन्तिम दिन विदा परे त्यसको भोली पल्ट स्वतः परिक्षा लिईने प्रचलन छ", प्र.अ.घिमिरेले भने, "उहाँहरुले त्यो कुरा  नबुझेर होला जुन हामीले आज परीक्षा लिईन्छ ।" त्यस विद्यालयमा स–साना कुरामा पनि राजनीति प्रतिशोध साँधेर विवाद उठाउने र आन्दोलन मात्र नभई ढुङ्गा मुढामा समेत उत्रिने गरिन्छ । गत वर्ष विद्यालय व्यवस्थापन समितीको प्रत्यक्ष चुनावमा स्थानिय दलित अगुवा दुर्गाहादुर बिश्वकर्माले सानदार जित हाँसिल गरेका थिए । सदिर्यौदेखि आफ्नो एकलौटी पकड र हैकम जमाउदै आएका त्यहाँका केहि कथित माथिल्ला जातिहरुलाई दलितले विद्यालयको अध्यक्ष पद जितेको असैह्य भयो । तत्पश्चात त्यस राती अपरिचित युवाहरुको जत्था प्रयोग गरेर दलित वस्तीमा ढुङ्गा मुढा गरेर आफुहरुलाई आतंकित पारे भन्दै स्थानिय दलितहरुले गुनासो गरेका थिए ।
जिल्लाका सयौं विद्यालयहरु मध्ये दलितहरु अध्यक्ष भएका विद्यालयहरु विरलै छन । यदाकदा भएका विद्यालयमा समेत स्यंम दलितहरुलाई नै उक्साएर उ विरुद्ध धावा बोल्ने गरिन्छ । त्यसको उदाहरण नेटाको उक्त विद्यालय मात्र नभई पिपलधाराको गणेश माध्यामिक विद्यालय पनि एक हो । त्यहाँ पनि दलित अगुवा गिरीबहादुर सुनार अध्यक्ष छन् । सोझा मान्छे उनलाई अनेक साजिशमा पार्ने र अख्तियार सम्म पु¥याउने खेल समेत खेलियो । सुनार भन्छन् आखिर दल जुनसुककै भएपनि दलितहरु ऋगाडि बढ्न खोजेको रुचाउँदा रहेनछन् । स्वार्थ आफुले लिने फसाउने म आफुलाई गरियो निकै दुःख दिइयो । उनको यो भनाई उनी विरुद्ध गत वर्ष आयोजना गरिएको एक कार्याक्रमको थियो । सुनारको मात्र भनाई होइन दल आखिर जुन सुकै भएमनि दलित अगाडी बढेको देख्न नचाहने यस जिल्लाको यथार्थ हो । रुढिबादी सोच यस जिल्लामा कायमै छ । पहिलो त दलितलाई वैधानिकताको झारा टार्न मात्रै समितीमा राख्ने यदि नेतृत्व मै राखे भने खोपाको देउता जस्तै बनाएर तजविज आफ्नो बनाउने प्रयत्न गरिन्छ । यो रवैया पुराना दलका मान्छेमा मात्रै नभएर नयाँ दलका मान्छे जसले जातिय मुक्तिका मुद्धा उठाउँछन् उनिहरु समेत छ । त्यस नेटा गाविसमा दलितहरुको निकै बाहुल्य छ तर पनि नेतृत्व सिमित जाति वर्गले मात्र लिएका थिए । वर्षौदेखि चेतनाको अभावमा आफूहरु नेतृत्वमा आउनुपर्छ भन्ने नसोच्ने त्यहाँका दलितले चेत पसालेर गत वर्ष पहिलो पटक विश्वकर्मालाई अध्यक्ष पदमा जिताएका थिए । अहिले भने सबै समुदायबाट सहयोग, सहकार्य र सद्भाव आदान् प्रदान् भइरहेको अध्यक्ष दुर्गाबहादुर विश्वकर्माले बताए । हिजो साथीहरुलाई बुझाउने र असन्तुष्टि समाधान गरिने उनको भनाई थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग