Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बहुविवाह गर्ने रुपाकोटका ढकाल श्रृङ्गाबाट गिरफ्तार

Published on 3:52:00 PM //


नरेश भण्डारी
रुपाकोट गाविस– ४ का ३४ वर्षीय नन्दराम ढकाललाई बहुविवाह गरेको अभियोगमा ०६९ साउन २४ गते दिगाम गाविसको श्रृङ्गाबाट जिल्ला प्रहरी कार्यालयको टोलीले गिरफ्तार गरेको छ ।

रुपाकोट गाविस– ४ की २३ वर्षीयासावित्रा ढाकालले पति विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०६९ साउन २३ गते दोस्रो विवाहको अभियोगमा दिएको किटानी जाहेरीको आधारमा गिरफ्तार गरिएको डिएसपी राजकुमार वैदवारले जानकारी दिए । ढकालले महिनाकी छोरी सहित आफूलाई बलेटक्सार गाविस–६ हर्रे स्थित माईतीमा छाडि भाग्दै हिँडेको र ०६८ पुसमा पञ्चनगर गाविस भुताहाकी २४ वर्षीया जमुना भण्डारीसँग दोस्रो विवाह गरेको थाहा पाएपछि उजुरी दिएको पडितले बताइन् ।

नन्दरामलाई अनुशन्धानको लागि हिरासतमा राखिएको र अर्का उनकी दोस्रो पत्नी जमुना भण्डारीको खोजिभईरहेको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग